25.3 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको विपक्षी दलकाे आरोप

वीरगंज । विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे छन् ।

विपक्षी दलहरूले आगामी कात्तिक ५ गते राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर गत असोज १० देखि १२ गतेसम्मको विपद्लगायतका विषयमा ध्यानाकर्षणपत्र बुझाउने भएका छन् ।

यसैबीच बैठकले सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको आरोप लगाएको छ ।

सरकार अध्यादेश ल्याएर पार्टीहरू फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बताए ।

बैठकमा सहभागी रास्वपा नेता विराजभक्त श्रेष्ठले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशबाट काम गर्ने बानी रहेको बताए ।

“संसद् हुँदा पनि उहाँले अध्यादेशबाट काम गर्नुहुन्छ, त्यो यसअघि पनि देखिएकै हो । अबचाहिँ त्यस्तो हुनुहुन्न भन्ने हाम्रो निष्कर्ष रह्यो,” उनले भने ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:8.432 sec. Memory consumption:82.41 mb