Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाँउपालिका वडा नं ३ नौकाटोला चौकबाट लागू औषध पदार्थ सहित दुई जना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा जिराभवानी गाउपालिका वडा नं ५ हरैयाका २४ बर्षिय दिलिप राय र २३ बर्षिय राजबिद्या खाँ थारु रहेका छन ।

ठोरी देखि बीरगंज हुदै काठमाडौं चल्ने राधे राधे बसमा चामलको बोरामा लुकाई छिपाई पठाउने क्रममा ८८ पैकेट नाइट्रोभ्याट पक्राउ गरिएका स्थानीय प्रत्यक्षदर्शीहरुले जनाएका छन । ती यूवाहरुले करिब दश केजी चामलको बोरामा सो लागू औषध बसको लगेजमा राखेर काठमाडौं पठाउने क्रममा बसका सहचालकलाई शंका लागेर चेकजाच गर्दा भेटिएको स्थानीयले जनाएका छन ।

लागू औषध फेला परेपछि इलाका प्रहरी कार्यालय सेढवामा फोन गरी प्रहरीलाई जानकारी गराएका स्थानीय जनाएका छन् । ती यूवाहरु मोटरसाइकलमा सवार भई भाग्दै गरेका अवस्थामा प्रहरीले पक्राउ गरेका थिए । ती यूवाहरु सवार भएका ना १२ प ३१०६ लाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । कार्यवाहीका लागि ती यूवाहरु र लागू औषध इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा पठाइएका प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...