Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

लकडाउनमा पनि प्रहरी चाैकी इनर्वाका सई दास कमाउ धन्दामा

spot_img
spot_img

वीरगंज । हिन्दी चलचित्र सिंघमको नायक अजय देवगन जस्तै आफूलाई सिंघम ठान्ने प्रहरी नायब निरीक्षक (सई) बैजनाथ दास चर्चामा रहन विभिन्न ताण्डव गरी रहे पनि भित्री रूपले उनले गरी रहेका बेइमानीको रहस्य पनि खुल्दै गएको छ ।

आफूलाई इमान्दार एवम दबंग प्रहरी बताउदै निरन्तर लाभ लिन सक्ने विभिन्न प्रहरी चौकीहरु बस पार्क, परवानीपुर हुदै इनर्वा प्रहरी चौकीको इन्चार्ज हुन सफल भएका सई दास नाम कमाउन सर्वसाधारण नेपाली नागरिकलाई भारतको रक्सौलबाट पैसा ल्याएको भनी मुचुल्का उठाएको घटना नसेलाउँदै लकडाउनको अवधिमा पनि उनको नाकाबाट रक्सीको अवैध पैठारी भई रहेको समाचार प्राप्त भएको छ ।

विगतमा विभिन्न सामानहरूको तस्करी गर्दै आएका केही नाम चन्द तस्करहरुले लकडाउनको अवधिमा अन्य कुनै सामानहरूको तस्करीका उपाय नपाई प्रसनि दासको मिलोमतोमा रातभरी नेपालबाट अवैध रूपले रक्सी रक्सौल पैठारी भई रहेकोको स्रोतले जनाएको छ ।

विगतमा विभिन्न सामानहरूको तस्करीमा संलग्न विष्णु सराफ, दीनानाथ प्रसाद र शम्भु रामहरुसंग दैनिक रकम असुली गरी रक्सीको अवैध ओसार पोसार गराउँदै गरेका छन ।

आफूलाई इमान्दार एवम सिंघम बताउने प्रसनि दास भित्री रूपले बेइमान एंवम भ्रष्ट रहेको यस अघि पनि उनकै नाकाबाट गएको ट्यांकर हेटौडाको रातोमाटीमा पक्राउ परी १ सय ५५ बोतल लागू औषध फेला परेकोको घटनाले पनि प्रमाणित गरी दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...