Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

परराष्ट्र मन्त्रालयले भारतिय दुतावाससंग खेद प्रकट गर्न जगरनाथपुर गाउँपालिकाकाे मांग

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मनसुरीलाई जाेडेर आज दिन भरी भारतिय संचार माध्यमहरुले प्रकाशन गरेकाे समाचार प्रति गाउँपालिका कार्यालयकाे गम्भिर ध्यान आकर्षण भएकाे छ ।

प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले आज सांझ एक प्रेस विज्ञप्ती जारी गर्दै  गाउँपालिका अध्यक्ष मन्सुरीकाे नाम जोडी भारतिय संचारमाध्यमहरुले कोरोना संक्रमण फैलाउने योजना बनाउने भनि दुस-प्रचार गरेको समाचार प्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् |

अधिकृत गिरिद्वारा जारी प्रेस विज्ञप्तीमा भारतीय सन्चार माध्यमहरुले बिना कुनै तथ्य-प्रमाण कुनै पनि नेपाली नागरिकको चरित्र हत्या गर्नु आफैमा गैर-जिम्मेवार कार्य हो | अहिलेको वर्तमान कोरोना महामारीको समयमा नेपालको ७५३ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु कोरोना महामारी रोकथाम र जनतालाई राहत सामग्री उपलब्ध गराउने कार्यमा दिन-रात खटिरहेको अवस्थामा कुनै पनि नेपाली निर्वाचित जनप्रतिनिधिलाई “कोरोना फैलाउने योजना बनायो” भनि लान्छना लगाउनु एकदमै निन्दनीय कार्य भएकाे उल्लेख गरिएकाे छ |

यसका साथै गिरीले जारी गर्नु भएकाे प्रेस विज्ञप्ती मार्फत मित्र राष्ट्र भारतको राष्ट्रियस्तरका सन्चार माध्यमहरुले अपुष्ट तथ्यको आधारमा नेपाली निर्वाचित जनप्रतिनिधिको चरित्र हत्या गर्ने कार्य गरेको सम्बन्धमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले तुरुन्त नेपालस्थित भारतीय दुतावाससंग खेद प्रकट गरोस् भनि जोडदार मांग समेत गरिएकाे छ |

गाउँपालिकाका अध्यक्ष मन्सुरी अहिले जगरनाथपुर गाउँपालिकामै बसी आफ्नो जनतालाई राहत वितरण गराउने कार्यको व्यवस्थापनमा सक्रिय रहनु भएको साेही प्रेस विज्ञप्ति मार्फत जानकारी समेत गराइएकाे छ |

यस अघि पनि गाउँपालिका अध्यक्ष मियाँले आफै कालिका टाइम्स संग कुरा गर्दै भारतिय संचारमाध्यमहरुले प्रसारण गरेकाे समाचारमा कुनै सत्यता नरहेकाे वताएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...