Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

परराष्ट्र मन्त्रालयले भारतिय दुतावाससंग खेद प्रकट गर्न जगरनाथपुर गाउँपालिकाकाे मांग

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मनसुरीलाई जाेडेर आज दिन भरी भारतिय संचार माध्यमहरुले प्रकाशन गरेकाे समाचार प्रति गाउँपालिका कार्यालयकाे गम्भिर ध्यान आकर्षण भएकाे छ ।

- Advertisement -

प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले आज सांझ एक प्रेस विज्ञप्ती जारी गर्दै  गाउँपालिका अध्यक्ष मन्सुरीकाे नाम जोडी भारतिय संचारमाध्यमहरुले कोरोना संक्रमण फैलाउने योजना बनाउने भनि दुस-प्रचार गरेको समाचार प्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् |

अधिकृत गिरिद्वारा जारी प्रेस विज्ञप्तीमा भारतीय सन्चार माध्यमहरुले बिना कुनै तथ्य-प्रमाण कुनै पनि नेपाली नागरिकको चरित्र हत्या गर्नु आफैमा गैर-जिम्मेवार कार्य हो | अहिलेको वर्तमान कोरोना महामारीको समयमा नेपालको ७५३ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु कोरोना महामारी रोकथाम र जनतालाई राहत सामग्री उपलब्ध गराउने कार्यमा दिन-रात खटिरहेको अवस्थामा कुनै पनि नेपाली निर्वाचित जनप्रतिनिधिलाई “कोरोना फैलाउने योजना बनायो” भनि लान्छना लगाउनु एकदमै निन्दनीय कार्य भएकाे उल्लेख गरिएकाे छ |

यसका साथै गिरीले जारी गर्नु भएकाे प्रेस विज्ञप्ती मार्फत मित्र राष्ट्र भारतको राष्ट्रियस्तरका सन्चार माध्यमहरुले अपुष्ट तथ्यको आधारमा नेपाली निर्वाचित जनप्रतिनिधिको चरित्र हत्या गर्ने कार्य गरेको सम्बन्धमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले तुरुन्त नेपालस्थित भारतीय दुतावाससंग खेद प्रकट गरोस् भनि जोडदार मांग समेत गरिएकाे छ |

गाउँपालिकाका अध्यक्ष मन्सुरी अहिले जगरनाथपुर गाउँपालिकामै बसी आफ्नो जनतालाई राहत वितरण गराउने कार्यको व्यवस्थापनमा सक्रिय रहनु भएको साेही प्रेस विज्ञप्ति मार्फत जानकारी समेत गराइएकाे छ |

यस अघि पनि गाउँपालिका अध्यक्ष मियाँले आफै कालिका टाइम्स संग कुरा गर्दै भारतिय संचारमाध्यमहरुले प्रसारण गरेकाे समाचारमा कुनै सत्यता नरहेकाे वताएका थिए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धोनीकाे जन्मदिनकाे अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । विश्वप्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीको जन्मदिनको अवसरमा एमएस धोनी फ्यान क्लब वीरगंजले विभिन्न सामाजिक गतिविधिहरू गरी जन्मोत्सव मनाएको छ। सोमबार क्लबको संयोजनमा...

रौतहट बमकाण्डमा घाइते गौरीशंकरको गुनासो : “शरीर जलेको छ, न्याय पनि जलेको छ”

वीरगंज । रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटमा गम्भीर घाइते भएका प्रत्यक्षदर्शी गौरीशंकर राम चमारको पीडा फेरि सार्वजनिक भएको छ। नेपाली...

श्री ताराचन्दका विद्यार्थीलाई ब्याग वितरण

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित श्री ताराचन्द किसनलाल विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोला (ब्याग) वितरण गरिएको छ । वडाध्यक्ष महमद रेयाज मियाँको...