Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

मालपाेत कार्यालय पर्सामा राती ८ बजे छापा, ८ जना पक्राउ

spot_img
spot_img

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार राती वीरगंजस्थित रहेकाे मालपाेत कार्यालय पर्सामा छापामारी गरेकाे छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडले नेतृत्तवकाे प्रहरीसहितकाे टाेलीले रातीकाे समयमा मालपाेत कार्यालयमा गैर कानुनी काम भइरहेकाे सूचनाकाे आधारमा छापामारी गरेकाे हाे । 

टाेलीले राती ८ बजेकाे समयमा छापामारी गर्दा मालपाेत कार्यालयका निमित्त प्रमुख सुमन कुमार झासहित १० जना कर्मचारी र ८ जना बाहिरका व्यक्ति काम गरिरहेकाे अवस्था फेला परेकाे थियाे । ति सबै जनालाई प्रहरीले मालपाेत कार्यालय मै नियन्त्रणमा लिए पनि पछि कर्मचारीहरुलाई छाडी बाहिरका ८ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी लगेकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

मालपाेत कार्यालयमा कर्मचारीसंगै फेला परेका अन्य व्यक्तिहरु धर्मेन्द्र साह, रमेश यादव, लेखमन कुमार यादव, ज्ञानेन्द्र प्रसाद यादव, वीरेन्द्र कुमार साह, राजेन्द्र प्रसाद चाैधरी, विजय विक्रम साह, रविभुषन प्रसाद पटेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय लगेकाे थियाे ।

पक्राउ परेका सबै जना मालपाेत कार्यालय मै लेखापढीकाे काम गर्ने व्यक्तिहरु रहेकाे बुझिएकाे छ ।

रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टेलीले कार्यलय प्रमुख झासहितकाे सबै जनाकाे खानतालाशी गर्नुकाे साथै कर्मचारीसँग सनाखतसमेत गराएकाे छ । उनीहरुकाे साथबाट फेला परेकाे रकम र केही शंकास्पद कागजतसमेत टाेलीले नियन्त्रणमा लिएर लगेकाे छ ।

छापामारी गर्ने टाेलीमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तव, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...