Date
बिहि, कार्तिक २६, २०८३
Thu, November 12, 2026

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

spot_img
spot_img

वीरगंज । वीरगञ्जका प्रतिष्ठित पेट रोग विशेषज्ञ डा. राकेशकुमार झाले युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (इएसजीइ) बाट प्रतिष्ठित युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त गरेका छन् ।

एफइएसजीइ उपाधि प्राप्त गर्ने डा. झा एसियाली राष्ट्रहरूमा पहिलो नेपाली चिकित्सक बनेका छन् । उपलब्धि प्राप्त गर्दै उनले नेपाल र नेपाली चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा गर्विलो स्थान दिलाएका छन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत उपलब्धि सार्वजनिक गर्दै डा. झाले एफइएसजीइ उपाधिलाई आफ्नो पेसागत यात्राको महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (इएसजीइ) ले प्रदान गर्ने एफइएसजीइ उपाधि (डिग्री) प्राप्त हुँदा अत्यन्तै खुसी छु । एसियाली राष्ट्रहरू मध्यमै पहिलो पटक नेपाली चिकित्सकले यो उपाधि पाउनु हामी सबैका लागि गर्वको विषय पनि हो । यो उपाधि मेरो पेसागत यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हो । कुनै व्यक्तिले  ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यावसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्त्वपूर्ण व्यावसायिक उपलब्धि र उत्कृष्ट दक्षता हासिल गरेको मान्यताअनुरूप यो उपाधि प्रदान गरिन्छ ।”

एफइएसजीइ उपाधिले डा. झा र उनको सेवाग्राहीहरूका लागि ठूलो अवसरहरू सिर्जना गरेको छ । उपाधिले उनलाई ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा विश्व स्तरीय विशेषज्ञको रूपमा स्थापित गर्नुका साथै उनीमाथि बिरामीहरूको विश्वास र उनको क्लिनिकल अभ्यासको विश्वसनीयता समेत बढाएको छ । 

इएसजीइको सदस्यको रूपमा डा. झाले नेपालमा उच्चस्तरीय उपचार प्रदान गर्न नवीनतम एन्डोस्कोपिक प्रविधिहरू, अनुसन्धान, र प्रशिक्षणमा पहुँच प्राप्त गर्नेछन् । विशेष गरी, जटिल एन्डोस्कोपिक प्रक्रियाहरू जस्तै इआरसीपी, इयुएस र पोलीपेक्टोमी प्रक्रियाहरूमा उनको दक्षताले पेट र आन्द्रासम्बन्धी रोगहरूको उपचारमा नयाँ आयाम थप्नेछ । यसले बिरामीहरूलाई नेपालमै गुणस्तरीय उपचार प्राप्त गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

त्यस्तै उपाधिले डा. झालाई विश्वभरका विशेषज्ञहरूसँग सहकार्य गर्ने अवसर पनि प्रदान गरेको छ । साथै, उनको उपलब्धिले नेपालका युवा चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दक्षता प्रदर्शन गर्न प्रेरणा पनि प्रदान गर्नेछ । डा. झाको सफलताले नेपालमा ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा थप अनुसन्धान र विकासलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।

डा. राकेशकुमार झाको उपलब्धिले नेपाली चिकित्सा क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता र प्रतिष्ठालाई थप उजागर गरेको छ । उनको सफलताले नेपालमा चिकित्सा सेवाको गुणस्तर सुधार गर्न र विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

के हो इएसजीइ र एफइएसजीइ ?

युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (इएसजीइ) सन् १९८० मा स्थापित एक अग्रणी अन्तर्राष्ट्रिय संस्था हो । इएसजीइले ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, शिक्षा, र क्लिनिकल उत्कृष्टताको प्रवर्द्धन गर्दै आएको छ । संस्थाले विश्वभरका चिकित्सकहरूलाई उच्चस्तरीय प्रशिक्षण, नवीन दिशानिर्देश, र अनुसन्धानका अवसरहरू प्रदान गर्दै ग्यास्ट्रोइन्टेस्टाइनल रोगहरूको निदान र उपचारमा प्रविधिगत विकास र मानकीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । इएसजीइका सम्मेलन, कार्यशाला, र प्रकाशनहरूले चिकित्सकहरूको पेसागत दक्षता अभिवृद्धि गर्न सहयोग गर्छन् ।

इएसजीइले ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यावसायिक सेवा, शिक्षा, र क्लिनिकल अभ्यासमा उत्कृष्ट दक्षता र महत्त्वपूर्ण योगदान पुर्‍याउने चिकित्सकलाई एफइएसजीइ उपाधि प्रदान गर्छ । एफइएसजीइ उपाधि प्राप्त गर्न चिकित्सकले कठिन मापदण्डहरू पूरा गर्नुपर्छ, जसमा शैक्षिक योगदान, अनुसन्धान प्रकाशन, र क्लिनिकल अभ्यासको उत्कृष्टता समावेश हुन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज कारागारबाट एक कैदी फरार, खोजी तथा अनुसन्धान सुरु

वीरगंज । वीरगंज कारागारबाट बिहीबार बिहान एक जना कैदी फरार भएका छन् । फरार हुनेमा पर्साको पोखरिया नगरपालिका–४, सतरियाका ३० वर्षीय सुनिल साह तुरहा...

महुवनमा रास्वपाको कार्यकर्ता भेटघाट तथा छलफल, स्थानीय निर्वाचनबारे पनि चर्चा

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। पर्सा निर्वाचन क्षेत्र नं. १...

चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बुधबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा ३० वर्षीय सुमन राना मगरले...