Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

प्रभु अस्पतालकी डा. लक्ष्मी थापाको लापरवाहीले २ महिलाको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज स्थित रहेको प्रभु अस्पतालको लापरवाहीले प्रसुती गराउन आएकी दुई महिलाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी सुनिता देबी र कलैया निवासी अमृता श्रेष्ठको मृत्यु भएको हो ।

माइती घर वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोलमा बस्दै आएकी वर्ष ३० की अमृता श्रेष्ठ मंगलबारका दिन प्रभु अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन अस्पतालकी डा. लक्ष्मी थापाले उनको अप्रेसन गरी बच्चा जन्माएकी र डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको आफन्तजनले जनाएका छन् ।

उपचार कै क्रमा बुधबार उनको अचानक पिसाब रोकिएको तथा धडकन नचलेको कारणले निज अमृतालाई अस्पतालले भेन्टिलेटरमा राखेको थियो । भेन्टिलेटरमा राखेपनि निज अमृतको बुधबार अस्पतालमै मृत्यु भएको उनका आफन्तजनले जनाएका छन् । अस्पतालको लापरवाहीको कारणले यस्तो घटना हुन गएको आरोप अमृताको आफन्तजनको रहेको छ ।

अस्पतालले सो दिन ३ जनाको अप्रेसन गरी बच्चा जन्माएको थियो भने एक जनाको अवस्था चिन्ताजनक भएपछि उसका आफन्तजनले रेफर गराई उपचारका लागि भरतपुर लगेका थिए ।

भरतपुर लगिएको सुनिताको पनि बिहिवार राती मृत्यु भएको उनको आफन्त साहेब ठाकुरले वताए ।

ओमप्रकाश ठाकुरकी श्रीमती सुनिताको अस्पतालकी डा. थापाकाे लापरवाहीले मृत्यु भएको ओमप्रकाशका दाई साहेबले वताए ।

यश विषयमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर संग बुझ्दा आफुलाई केही थाह नभएको वताए । अस्पतालकी डा. थापाले घटना बारे ढाकछाेप गर्दै मृत्युको कारण बारे अनुसन्धान भईरहेको वताईन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...