Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजबाट एक नक्कली डाक्टर पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट नक्कली डाक्टर एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ०३ निवासी वर्ष ४० को नारद साह तेली पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.०२, छप्कैयास्थित रहेको यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर शिवशंकर (DR. S. S. Yadav) को नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेकाे अवस्थामा शुक्रबार दिउसाे २:३० बजे उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई निजलाई सोही स्थानमा नै फेला पारि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई आइतबार पर्सा जिल्ला अदालत, पर्साबाट ऐ.२३ गते देखि नै लागु हुनेगरि मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा  ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्तीमार्फत जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...