Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

जिल्ला सुरक्षा समितिकाे बैठक सम्पन्न, वीरगंजकाे निषेधाज्ञा हटाउने निर्णय

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला सुरक्षा समितिको बैठक बिहिबार सम्पन्न भएकाे छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे अध्यक्षतामा बसेकाे बैठकले वीरगंजमा लगाइएकाे निषेधाज्ञा हटाउने निर्णय गरेकाे छ ।

यस अघि बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय कार्यान्वयनको स्थिति समिक्षा गर्दै बैठकले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको विश्लेषण गरेकाे छ । साथै बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम वीरगंज महानगरपालिकाका केही क्षेत्रहरुमा लागू हुने गरी बैशाख १ गतेदेखि निषेधाज्ञा आदेश जारी भएकोमा हाल शान्ति सुरक्षाको अवस्था सामान्य रहेकोले उक्त निषेधाज्ञा आदेश यही बैशाख ५‍ गते बिहान ७:०० बजे देखि लागू हुने गरी हटाउने निर्णय गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेकाे बैठकमा सुरक्षा समितिका सदस्य प्रमुख सेनानी निराजन कटुवाल, प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल, उप-अनुसन्धान निर्देशक दिलीप कुमार सिंह र सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीकाे उपस्थिती रहेकाे थियाे ।

वीरगञ्जमा हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको दुई सामुदायिकबिचको झडपपछि लागू गरिएको निषेधाज्ञा हटाइएकाे हाे । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार भोली शुक्रवार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाइएको जनाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले शान्तिपूर्ण वातावरण कायम हुँदै गएको र सर्वपक्षीय छलफलले सकारात्मक सन्देश दिएको भन्दै सबै समुदायलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार निषेधाज्ञा वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा लागू गरिएको थियो । 

पछिल्लो समय सहरमा शान्ति र स्थिरता कायम भएको मूल्याङ्कन गर्दै प्रशासनले निषेधाज्ञा पूर्ण रूपमा हटाउने निर्णय गरेको हो ।

गत चैत ३० गते हनुमान जयन्तीको शोभा यात्राका क्रममा छपकैया क्षेत्रमा दुई समुदायबिच भएको हिंसात्मक झडपले वीरगञ्ज तनावग्रस्त बनेको थियो । “जय श्रीराम” लेखिएको झन्डा खोस्ने प्रयास र इदगाह चोकमा ढुंगामुढा प्रहारबाट सुरु भएको विवादले उग्र रूप लिँदा कम्तीमा ४३ जना घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले १४५ राउन्ड अश्रुग्याँस र दुई राउन्ड हवाई फायर प्रहार गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...