Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

काेराेना संक्रमित हुदा आतिनु पर्दैन

spot_img
spot_img
– कृपा शर्मा /
म वीरगन्जको नारायणी वयोधा अस्पतालको पोस्ट उप बिभागमा कार्यरत नर्स इन्चार्ज हुँ । अहिले वीरगन्जमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका बिरामीलाई नन–कोभिड अस्पतालले भर्ना लिँदैनन् । यस्ता बिरामी आए कोरोना उपचारका लागि तोकिएका अस्पतालमा पठाउने चलन छ । तर जति गरेनी त्यस्ता लक्षण भएको बिरामीलाई हेर्ने नै पर्छ । मलाई पनि रुघा, खोकी, ज्वरो आउने थालेपछि पिसिआर परिक्षण गराए र म संक्रमित भए ।  आफ्नै कोठामा एक्लै आइसाेलेसनमा बसे चिकित्सक डाक्टर अभिषेक सिंहको सल्लाह अनुसार मैले दवाई खाने गरे । दिनको ४ समय तातो पानी खाने गरे । राति सुत्ने बेला दुध र हल्दि खाए । यसका साथ साथै दैनिक व्यायाम पनि गरे र ठिक भए । आज मलाई कुनै लक्षण छैन, बिल्कुलै ठिक छु ।
 
मेरो खास हजुर सर्वसाधारण, आफ्नो समाज, घर परिवारलाई के भन्न चाहन्छु भने, हजुरहरु आफ्नो हौसला नहारी दिनुस, यस्तो माहामारीलाई हामीसंगै मिलेर जित्ने छाै । थुप्रैलाई बिना केही लक्षणकाे पनि संक्रमण देखिए को छ र केहीलाई लक्षण देखिएपनि टेस्ट गराउदा नगेटिभ देखाउँछ । घर मै बस्नु, दैनिक व्यायाम गर्नुस, हौसला राख्नुस । आज कोरोनाले गर्दा सारा बिस्व यसको समस्याले त्रसित छ । तर यसमा कोरोनाको डर भन्दा धेरै विश्वास र घर परिवार, साथी समाजको साथले यसलाई जित्ने सकिन्छ ।
आज म यदि कोरोना नगेटिभ छु भने भोली पाेजिटिभ पनि हुन सक्छु र मेरो कारोना पाेजिटिभ छ भने भोलि नगेटिभ नि आउन सक्छ ।
 
आज अस्पतालमा काम गरि आफ्नो समाजलाई सेवा गरेको छु, थुप्रै ब्यक्तिको सम्पर्कमा आउनु पर्छ । काम गर्दा कै क्रममा चाहेर न चाहेर पनि भोलि हुन सक्छ म संक्रमित हुनेछु । म आफ्नाे घर परिवार, दाई, दिदि, समाजलाई संक्रमित भएर आतिनु पर्ने जरुरि छैन भन्न चाहन्छु । आज संक्रमित भए भने भोलि आवश्य ठिक हुनेछु । यस्ता महामारीमा एक नर्स हुदा, मेरो समाजले मलाई हेला नगरि मलाई हौसला प्रदान गर्न आग्रह गर्दै छु ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...