Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

कृषि बधुवा मजदुरहरुको सवालमा भूमि समस्या सामाधान आयोगसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । कृषि बधुवा मजदुरहरु मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीहरुको भूमि समस्या सम्बोधन गराउनका लागि बिहिबार काठमाण्डौमा भूमि समस्या सामाधान आयोगसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारले प्रतिवद्धता गरेको दिगो विकास लक्ष्य हासिल गर्न, नेपाल सरकारले विभिन्न समयमा मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरी समुदायसंग गरेका प्रतिवद्धता र सहमतिहरूको छिटोछरितो र प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय कृषि बँधुवा मजदुर संर्घष समिति तर्फबाट विभिन्न मागहरु राखी भूमि आयोगका अध्यक्ष समक्ष समेत पेश गरिएको हो ।

भुमिहिन, अव्यवस्थित वसोवासी र सुकुम्बासीहरुको लगत संकलन र प्रमाणीकरण गर्दा कृषि बधुवा मजदुरहरुः मुक्त हरवाचरवा, हलिया, कमैया र कमलहरीमैत्री नीतिगत प्रक्रिया अबलम्बन गरियोस । साथै भुमी बितरण लगायतमा उनीहरुसंग कुनै शुल्क नलिइयोस ।

मुक्त हरवाचरवा, हलिया, कमैया तथा कम्लहरीलाई विशेष समुदायका रुपमा परिभाषित गर्दै यथासंभव उनीहरु बस्दै आएको र उपभोग गरेकै स्थानमा कम्तिमा २ कठ्ठा आवासको लागि र ८ कठ्ठा खेतीपातिका लागि नघट्ने गरी जग्गा प्रदान गरियोस भनी ज्ञापनपत्र उल्लेख गरिएको छ ।

कृषि बधुवा मजदुरहरुः मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीहरुलाई जमिन दिदा, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर मापन गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्नुको साथै आयोगले प्रदेश सरकारसंगको समन्वय र स्थानीय सरकारसंगको सहकार्य गर्दा अधिकारवालाको हैसियतमा मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरी सहभागिताको सुनिश्चितता अनिवार्य गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आयोगले सम्पादन गर्ने भुमि बितरण लगायतका प्रक्रियामा मुक्त कमैया, हलिया, हरवाचरवा र कमलहरीहरुलाई प्राथमिकतामा राखी कार्य प्रारम्भ गर्नु पर्ने आयोगले जमिन वितरण नगरुन्जेलसम्म मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीहरुलाई विस्थापित नगर्न नगराउन माग गर्दछौं । उक्त विषय प्रभावकारी कार्यान्वयन गर्न तत्काल सबै स्थानीय तहमा सर्कुलर गर्न ज्ञापनपत्र मर्फत अनुरोध गरिएको छ ।

कार्यक्रममा भूमि आयोगका बिज्ञ सदस्य डा. जगत बस्नेत, टेक बहादुर शाही र सदस्य गोवर्दन कोलीले मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको भूमि सम्बन्धी समस्या सामाधान गर्नका लागि आयोग कार्ययोजनाका साथ अघि बढनका लागि सामुहिक प्रतिबद्धता ब्यक्त गर्नुभयो । उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका संरक्षक गणेश बिश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...