Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

कृषि बधुवा मजदुरहरुको सवालमा भूमि समस्या सामाधान आयोगसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । कृषि बधुवा मजदुरहरु मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीहरुको भूमि समस्या सम्बोधन गराउनका लागि बिहिबार काठमाण्डौमा भूमि समस्या सामाधान आयोगसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारले प्रतिवद्धता गरेको दिगो विकास लक्ष्य हासिल गर्न, नेपाल सरकारले विभिन्न समयमा मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरी समुदायसंग गरेका प्रतिवद्धता र सहमतिहरूको छिटोछरितो र प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय कृषि बँधुवा मजदुर संर्घष समिति तर्फबाट विभिन्न मागहरु राखी भूमि आयोगका अध्यक्ष समक्ष समेत पेश गरिएको हो ।

भुमिहिन, अव्यवस्थित वसोवासी र सुकुम्बासीहरुको लगत संकलन र प्रमाणीकरण गर्दा कृषि बधुवा मजदुरहरुः मुक्त हरवाचरवा, हलिया, कमैया र कमलहरीमैत्री नीतिगत प्रक्रिया अबलम्बन गरियोस । साथै भुमी बितरण लगायतमा उनीहरुसंग कुनै शुल्क नलिइयोस ।

मुक्त हरवाचरवा, हलिया, कमैया तथा कम्लहरीलाई विशेष समुदायका रुपमा परिभाषित गर्दै यथासंभव उनीहरु बस्दै आएको र उपभोग गरेकै स्थानमा कम्तिमा २ कठ्ठा आवासको लागि र ८ कठ्ठा खेतीपातिका लागि नघट्ने गरी जग्गा प्रदान गरियोस भनी ज्ञापनपत्र उल्लेख गरिएको छ ।

कृषि बधुवा मजदुरहरुः मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीहरुलाई जमिन दिदा, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर मापन गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्नुको साथै आयोगले प्रदेश सरकारसंगको समन्वय र स्थानीय सरकारसंगको सहकार्य गर्दा अधिकारवालाको हैसियतमा मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरी सहभागिताको सुनिश्चितता अनिवार्य गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

आयोगले सम्पादन गर्ने भुमि बितरण लगायतका प्रक्रियामा मुक्त कमैया, हलिया, हरवाचरवा र कमलहरीहरुलाई प्राथमिकतामा राखी कार्य प्रारम्भ गर्नु पर्ने आयोगले जमिन वितरण नगरुन्जेलसम्म मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीहरुलाई विस्थापित नगर्न नगराउन माग गर्दछौं । उक्त विषय प्रभावकारी कार्यान्वयन गर्न तत्काल सबै स्थानीय तहमा सर्कुलर गर्न ज्ञापनपत्र मर्फत अनुरोध गरिएको छ ।

कार्यक्रममा भूमि आयोगका बिज्ञ सदस्य डा. जगत बस्नेत, टेक बहादुर शाही र सदस्य गोवर्दन कोलीले मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको भूमि सम्बन्धी समस्या सामाधान गर्नका लागि आयोग कार्ययोजनाका साथ अघि बढनका लागि सामुहिक प्रतिबद्धता ब्यक्त गर्नुभयो । उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालका संरक्षक गणेश बिश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...