Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्साकाे अनिरुद्धकाे शव मकवानपुरमा फेला, हत्या गरेर फालिएकाे आशंका

spot_img
spot_img

वीरगंज । पर्साकाे एक युवककाे शव मकवानपुरमा फेला परेकाे छ । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ कट्टी बलुवा स्थाई घर भएका वीरगंज १३ राधेमाई निवासी बर्ष २८ का अनिरुध प्रसाद चाैहानकाे शव मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नं. २ स्थित फेला परेकाे प्रहरीले जनाएकाे छ ।

आइतबार विहान ९ बजे अनिरुद्धकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीले वताए । सडक भन्दा ५/६ मिटर तल ना ५२ प ४६१६ नम्बरको मोटरसाइकल रुखमा अड्किएकोे अवस्थामा भेटिएको र उनको शव पनि सोही स्थानमा फेला परेको प्रहरी निरीक्षक निरिक्षक कुर्मीले वताए ।

मृत अवस्थामा फेला परेकाे अनिरुद्धकाे शव परिक्षण मकवानपुर जिल्ला अस्पतालमा भए पछि उनकाे आफन्तजनले बुझि लगेकाे प्रहरी निरिक्षक कुर्मीले वताए ।

मृतक अनिरुद्धकाे टाउकाेमा प्वाल र सशिरकाे विभिन्न भाग निलडम देखिएकाेले मारेर फालेकाे हुन सक्ने प्रहरीकाे अनुमान छ । मृतक अनिरुद्धकाे कल डिटेल निकाल्ने काम भइरहेकाे र भाेली मंगलबार सम्म कल डिटेल आए पछि मात्र केही भन्न सकिने प्रहरी निरिक्षक कुर्मीले वताए ।

वीरगंजकाे एडभान्स हाँस्पिटलमा कार्यरत मृतक अनिरुद्ध शुक्रबार डिउटी समेत गरेका थिए । उनी शनिबार देखि सम्पर्क विहिन भएका थिए । उनलाई कसैले फाेन गरेर बाेलाए पछि उनी हेटाैडा गएकाे मृतक अनिरुद्धकाे आफन्तहरुले वताएका छन् । उनलाई कसैले हत्या गरी लगेर फालेकाे हुन सक्ने आफन्तजनकाे आशंका छ ।

मृतक अनिरुद्धकाे शव साेमबार स्थाई घर बलुवामा पुगे पछि गाउँ नै शाेकमा डुबेकाे थियाे । हेल्थ असिस्टेन्ट मृतक अनिरुद्धकाे साेमबार नै गाउँकाे आर्यघाट दाहसंस्कार गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...