Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगन्जमा टिप्परको ठक्करबाट एक युवककाे ज्यान गयाे

spot_img
spot_img

वीरगंज । वीरगन्जको बाइपास रोडमा टिप्परको ठक्करबाट एक युवकको ज्यान गएको छ । वीरगन्ज १६ नगवाको बाइपास रोडमा ना ३ ख ९४२८ नम्बरको टिप्परको ठक्करबाट स्थानिय ३२ बर्षिय युवक गौरीशंकर मिश्राको ज्यान गएको हो ।

बसपार्कबाट भन्सार तर्फ गइरहेको टिप्परले बाइपास नगवा चौकमा पैदल हिडिरहेका मिश्रालाई ठक्कर दिएको थियाे । टाउकोमा गम्भीर चोट लागेका मिश्रालाइ तत्काल उद्दार गरि नारायणी अस्पतालमा उपचारको लागि लैजादा चिकित्सकले मृत घोषित गरेको हाे ।

तिब्रगतिमा रहेका टिप्परले अनियन्त्रित भई युवकलाइ ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । युवकलाइ ठक्कर दिए लगतै नगवा गाउँबाट बाइपास रोडमा निस्की रहेको अनटेस्ट ट्याक्टरलाईसमेत ठक्कर दिइ क्षति पुर्याएको छ ।

घटना स्थलमा पुगेका इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक श्याम किशोर यादव नेतृत्वकाे प्रहरी टाेलीले ठक्कर दिने टिप्पर चालक पुरेन्द्र महतो धानुकलाई नियन्त्रणमा लिइ आवश्यक कार्वाहिको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएकाे छ ।

मृतक युवकको शव पोस्ट मार्टमको लागि नारायणी अस्पताल कै शव गृहमा राखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...