Date
शनि, असार २७, २०८३
Sat, July 11, 2026

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको सखुवा प्रसौनी गाँउपालिकाका किसानहरुले लगाएका मकैबालीमा घोगा तथा घोगामा दाना नलाग्दा बाली नष्ट गर्नु परेकाे छ । सो गाँउपालिकाको वडा नं १ मा पर्ने सिरही, सथवल, औराहा लगायतका गाँउका किसानहरु यो समस्यालाई लिएर चिन्तामा परेका गुनासो गरेका छन ।

यी गाँउहरुमा ८० देखि एक सय बिघा जमिनमा डेढ सय किसानहरुले मकैबाली लगाएका छन । गाउँपालिकाद्वारा मकैबाली प्रवर्धन क्षेत्रको रुपमा घोषित मकैबाली लगाएका सो वडाका सबै किसानको समस्या उस्तै रहेका स्थानीय किसानहरुले गुनासो गरेका छन ।

गाउँपालिकाको कार्यालयले उपलब्ध गराएको ५० प्रतिशत अनुदानमा साइनजेन्टा एन के ६६०७ हाईब्रिड जातको बीऊ खरिद गरी रोपाई गरेको स्थानीय किसान हिमप्रसाद शिलवालले बताए । सोअनुदानित बीऊ ३ सय पचहतरी रुपैया प्रति केजीको दरले खरिद गरी रोपेको शिलवालले बताए । तर मकैको बोटमा घोगा नै नलाग्दा सारा लगानी नै नष्ट भएको शिलवालले गुनासो गरे। एक बिघा जमिनमा लगाएको मकैबालीको उत्पादन १५ क्वीन्टल भएपनि राम्रै भन्न मिल्ने उनले बताए ।

गत बर्ष सो जग्गामा ५५ क्वीन्टल मकै उत्पादन गरेका शिलवाल दम्पतिले बताए। सो वडाका अर्का किसान सुरेन्द्र महतो थारुले एक बिघा छव कट्ठा जमिनमा मकै बाली लगाएको बताए। मंसिर महिनाको दोस्रो साता भन्दा पहिले नै रोपाई गरेको मकैको बिरुवामा बाला आए पनि अधिकांश बिरुवामा घोगा नलागेको गुनासो गरे ।

रोपाई गरेको मकैको बिरुवामध्ये ५० प्रतिशतमा घोगा नलागेको थारुको भनाई रहेका छन। बोटको उचाई १३ फिटसम्म अग्लो बिरुवा भएपनि निकै कम र सानो घोगा लागेको थारुको भनाई छ। लागेको घोगामा पनि दाना नलाग्दै सुक्ने तथा घोगा निकै पातलो र सानो भएको थारुले बताए ।

गत बर्ष पालिकाले पाइनियर ३३५५ जातको हाईब्रिड जातको मकैको बीऊ दिएका र सो मकैको उत्पादन राम्रो भएको थारुले बताए। तर यसपाली खनजोत गरेको पैसा पनि असुल हुन नसक्ने थारुले गुनासो पोखे। साढे दुई बिघा जमिनमा मकैबाली लगाएका अर्का किसान कृष्ण महतोले पालिकाको अनुदानित र आफैले बजारबाट खरिद गरी अन्य जातको बीऊ रोपेको बताए। पालिकाको बीऊको मकैको बिरुवा भन्दा बजारको बीऊको बिरुवा राम्रो भएको महतोले बताए। यस बर्ष गाउपालिकाको लापरवाहीका कारण अधिकांश किसानहरु घाटामा जाने र ऋणमा डुब्ने महतोले बताए ।

कृषि शाखाका कर्मचारीहरुले मोटो कमिशन रकम लिएर कमसल बीऊ किसानलाई बितरण गरेको स्थानीय किसानहरुले आरोप लगाएका छन । बालीबाट हुने क्षतिको भरपाईका लागि वडा कार्यालय तथा पालिकाको कार्यालयमा किसानहरुले निबेदन दर्ता गराएको किसानहरुले जनाएका छन ।

यस सम्बन्धमा सखुवाप्रसौनी गाँउपालिकाका कृषि शाखा प्रमुख प्रिया कुमारी साहले मकैबाली प्रवर्धन कार्यक्रमका फोकल परशन जे टि ए दयाराम वाग्लेले बीऊ खरिद गरेको बताइन । मकैबाली सम्बन्धमा बीऊ खरिद गर्ने प्रक्रिया, खरिद, बिक्री तथा समझौता लगायतका सम्पूर्ण कार्य जेटिए वाग्लेले गरेको बताईन । किसानलाई बालीबाट हुन सक्ने क्षतिको भरपाई सम्बन्धित बितरण संस्थाले गर्नु पर्ने कृषि शाखा प्रमुख साहले बताईन ।

यता मकैबाली प्रबर्धन कार्यक्रमका फोकल परसन दयाराम वाग्लेले नेपाल सरकारले सिफारिस गरेको बीऊ खरिद गरी किसान बितरण गरिएको बताए । किसानहरुले मकैको बीऊ नजिक नजिक राखेर रोपेका कारणले पनि यो समस्या भएको हुन सक्ने वाग्लेले बताए ।

यस समस्याको सम्बन्धमा बिऊ बितरण गर्ने संस्थालाई जानकारी गराएको वाग्लेले बताए।बालीलाई स्थलगत निरिक्षण गर्न सम्बन्धित संस्थाका प्रतिनिधि छिटै आउने जेटिए वाग्लेले बताए। यस सम्बन्धमा सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले किसानहरुको गुनासो आएको बताए ।

बितरण गरेका संस्थाका प्रतिनिधिसंग निरन्तर कुराकानी भइरहेको र आम किसानको समस्या सामाधान गरिने अध्यक्ष यादवले बताए। सो बालीको उत्पादन मापदण्ड अनुरुप नभए सम्बन्धित संस्थासंग भएको सम्झौता अनुसारको क्रियाकलाप कार्यन्वनमा ल्याइने अध्यक्ष यादवले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने आदर्श मिश्रामाथि कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाकार आदर्श मिश्रामाथि कानुनी कारबाहीको माग गरेको छ...

वीरगंज महानगरमा छड्के अनुगमन, २० कर्मचारी कार्यकक्षमा अनुपस्थित भेटिए

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले शुक्रबार महानगरका विभिन्न शाखा तथा फाँटमा आकस्मिक (छड्के) अनुगमन...

काठमाडौंमै बसेर मौलापुरको खाताबाट करोडौं निकालेको आरोप, उपसचिव घिमिरेमाथि छानबिनको माग

वीरगंज । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरेमाथि काठमाडौंमै बसेर नगरपालिकाको खाताबाट करोडौं रुपैयाँ अवैध रूपमा निकालेको आरोप लागेको छ । लामो...