Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

पर्साकी एसपी पन्त सिविल ड्रेसमा स्कुटीमा एक्लै निस्केपछि…

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) गंगा पन्त लडकडाउनकाे पालना गराउन एक्लै सिविल ड्रेसमा समेत देखिन थालेकी छन् ।

लकडाउनमा बिहिबार विहान घण्टाघरमा देखिएकी उनी सिविल ड्रेसमा स्कुटीमा एकलै थिइन । सडकमा देखिएकाहरु संग हाथ जाेडदै घर बाहिर ननिस्कन आग्रह गर्दै थिइन । एसपी पन्तकाे त्यस्ताे कार्य देखेर तिनिहरु आश्चर्य चकित भए ।

त्यस क्रममा उनी लकडाउन हाम्राे लागि नभएर तपाईहरु कै लागि भएकाे वताउदै तपाईहरु कृपया आ आफ्नाे घर भित्र नै बसीकन लकडाउनकाे पालना गरी हामीलाई सहयाेग गरिदिन आग्रह गर्दै थिइन ।

बिश्वभरी नै महामारीकाे रुपमा फैलिएकाे काेभिड १९ (काेराेना भाइरस) राेकथाम तथा नियन्त्रणकाे लागि सरकारले गरेकाे लकडाउन पालना गराउन एसपी पन्त सक्रिय देखिन्छिन् । उनी लकडाउन पालना गराउन औपचारी गस्तीमा मात्र सिमित नभई अनाैपचारी रुपमा पनि बाहिर सक्रिय देखिएका हुन् ।

उनी पर्सा प्रहरी प्रमुखमा आए देखी यहाँकाे शान्ति सुरक्षा सुधार हुनुको साथै तस्करी, बिचौलिया सिमा पारीबाट हुने अपरधिक गतिविधि समेत नियन्त्रण भएको छ । यसका साथै उनी समाजिक कार्यमा समेत क्रियाशिल देखिन्छिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जितेन्द्र सोनलद्वारा विद्यार्थीलाई ‘मधेस आन्दोलन र नेतृत्व’ विषयमा प्रशिक्षण

वीरगंज । जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले ‘मधेस आन्दोलन एवं नेतृत्व अभिवृद्धि’ विषयमा प्रशिक्षण दिएका छन्। समाजवादी...

प्याब्सन राइम्स फेस्टमा विद्या सदन प्रथम, मूनलाइट दोस्रो र लिटल फ्लावर तेस्रो

वीरगंज । वीरगंजस्थित क्लासिक ब्याङ्क्वेट हलमा आयोजित ‘प्याब्सन राइम्स फेस्ट २०८३’ मा विद्या सदन २६९ अंक प्राप्त गर्दै प्रथम भएको छ । प्रतियोगितामा मूनलाइट स्कुल...

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...