Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

प्रभु अस्पतालकाे लाइसेन्स खारेज गर्न मृतकका आफन्तकाे माग

spot_img
spot_img

वीरगंज । वीरगंज पानीटंकी स्थित भ्रखर केही दिन देखी संचालमा आएकाे प्रभु अस्पताल र अस्पतालकी डा. लक्ष्मी थापाकाे लाइसेन्स खारेज गर्न मृतकका आफन्तजनहरुले मांग गरेका छन् । प्रभु अस्पतालमा मृत्यु भएका दुबै युवतीका आफन्तहरुले मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै प्रभु अस्पताल र डा. थापा कै कारण आफन्त गुमाउनु परेकाे वताएका हुन् ।

वीरगंज मुर्ली स्थित रहेकाे नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा पत्रकार सम्मेलन गर्दै मृतकका आफन्तहरुले प्रभु अस्पताल र अस्पतालकी डा. लक्ष्मी थापाकाे लापरवाहीले गर्दा नै दुबै जनाकाे मृत्यु भएकाे आराेप लगाए ।

केही दिन पहिला अस्पतालमा अप्रेशन मार्फत बच्चा जन्माएकी बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी २५ बर्षिय सुनिता देबी र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल निवासी ३० बर्षिय अमृता श्रेष्ठको मृत्यु भएको थियाे ।

बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी मृतक अमृताका श्रीमान् मनमोहन साह र बारा पंचराैता निवासी अर्की मृतक सुनिताका जेठान साहेव ठाकुरले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल तथा डाक्टरकाे लापरवाहीले आफ्नो प्रियजन गुमाएको आरोप लगाए ।

मृतक परिवारका सदस्यहरुले हाल सम्म अस्पताल तथा डाक्टर मध्ये कसैले पनि उनीहरुको मृत्यु किन र के कारण भयो नबताएको पत्रकार सम्मेलनमा वताए । अप्रेसन भन्दा पहिला दुबै युवतीकाे सबै थाेक ठिक भए पनि अप्रेसनको केहि घण्टामै कसरी सबै कुरा बिग्रेकाे प्रति साेच्नु पर्ने विषय भएकाे वताए । घटनाकाे उच्च स्तरीय जाँचबुझ हुनु पर्ने मृतक सुनिताका जेठान साहेवले माग गरे ।

उनले अप्रेसन नै सही तरिकाले नगरिएको तथा प्याथलोजिकल जाँचहरुमा पनि गम्भीर त्रुटी भएको हुन सक्ने वताए । उनले प्याथलोजिकल रिर्पोटरहरुमा डाक्टरको हस्ताक्षर नहुनु र डाक्टर आफैले गरेको अप्रेसनमा कसरी यस्तो भयो भनेर हामीलाई सोध्नु तथा आफैले लेखेको औषधीले काम गरेन भन्नु आदी कुराहरुले उपचारमा गम्भीर लापरवाही भएको प्रष्ट देखिएको पत्रकार सम्मेलनमा सहभागि मृतकका आफन्तजनहरुकाे भनाई थियाे ।

अप्रेसन भएर बच्चा निकालिएको दुवै महिलामा एकै प्रकृतिका लक्षणहरु देखिनु तथा दुवैको मत्यु हुनु अस्पतालमा भर्ना हुने विरामी मध्ये ८० प्रतिशत गर्भवती महिलाहरुको नर्मल डिरेभरी हुन नसक्नुले पनि अस्पताल तथा अस्पतालका डाक्टर ज्यानमारा रहेको परिवारका सदस्यहरुले पत्रकार सम्मेलनमा आराेप लगाएका थिए ।

उनीहरुले यस्तो सुविधा सम्पन्न अस्पताल वीरगन्जमा नचाहिएको तथा अस्पताललाई बन्द गरी तत्काल उपचारमा समलग्न रहेको चिकित्सकहरुलाई कारवाही गर्नु पर्ने माग गरे ।

पत्रकार सम्मेलनमा मृतक सुनिताका जेठान साहेव ठाकुरले अस्पतालले रेफर गर्दा समेत रेफर संगै कुनै रिपाेर्ट नदिएका कारण भरतपुर पुग्दा पनि त्यहाँका डाक्टरहरुलाई उपचार गर्न समेत ग्राहाे भएकाे वताए । उनले भने “चितवन मेडिकल कलेजका डाक्टरहरुले तपाईहरु केस बिग्रारेर ल्याउनु भएकाे भन्दैै केही गर्न नसक्ने वताएका थिए ।”

यता अस्पतालले मेडिकल काउन्सिललाई घटना जांच बुझकाे लागि चिठी लेखिएकाे भन्दै आफ्नो वचाऊ गर्दै आएको छ । तर धेरैले अस्पतालले मृतककाे शवकाे पाेस्टमार्टन नगराउनु र घटना बारे स्थानिय प्रशासनलाई जानकारी नगराउनुले प्रमाणहरु मेटाउँने काम भइरहेको दावी गरेका छन् ।

पत्रकार सम्मेलन पिडित पक्षले आफुहरु न्यायको लागि प्रशासनको शरणमा जाने तथा ज्यान मार्ने अभियोगमा डाक्टर र अस्पताल माथी उजुरी दिने वताएका छन् । मृतक दुवै महिलाहरु गर्भवत्ती भएको पहिला महिना देखि नै प्रसुती रोग विशेषज्ञ डा. थापाको सम्पर्क रहेर चेकजांच गराउदै आएका थिए । प्रसुती गराउन अस्पतामा डा. थापा कै सलाह अनुसार भर्ना भएकाे र उनले भने अनुसार सब थाेक गर्दा पनि अप्रशन पछि सब थाेकमा समस्था देख्नुले घटना बारे छानविन हुनु पर्ने पिडितहरुकाे माग छ ।

अस्पताल प्रशासन छानविन तथा जाँचबुझको लागि पनि गम्भीर नरहेको परिवार पक्षले आरोप लगाएको छ । एकै दिन दुई ठूला घटना हुदा समेत अस्पताल प्रशासनले प्रहरी प्रशासनलाई जानकरी समेत नदिएको उनीहरुको आरोप छ ।

डा. थापाले पुस ८ गते मंगलबार राती सुनिताकाे अप्रशेन गरी बच्चा निकालेकी थिइन । पुस ९ गते बुधबार उनकाे पिसाब राेकिए पछि अस्पतालले उनलाई रेफर गरेकाे थियाे । रेफर पछि  भरतपुर लगिएकाे  सुनिताकाे पुस १० गते बिहिबार मृत्यु भएकाे थियाे ।

यस्तै वीरगंजकी अमृताकाे पुस ९ गते बुधबार विहान अस्पतालकी डा. थापाले नै अप्रेशन गरी बच्चा निकालेकी थिइन । डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको थियाे । उपचार कै क्रमा बुधबार दिउसाे १२ बजे अमृताकाे पनि अचानक पिसाब रोकिएकाे थियाे । त्यस पछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा साेही दिन अमृताकाे पनि मृत्यु भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...