33.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

नवगठित जसपाबाट प्रदिप यादव स्वास्थ्य मन्त्री बन्दै

वीरगंज । नवगठित जनता समाजवादी पार्टी (जसपा)बाट संघिय सरकारमा ३ जना थप मन्त्री बन्ने भएका छन् । अशाेक राई नेतृत्वकाे जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकारमा तीन जना मन्त्री पठाउने लागेकाे हाे ।

प्रतिनिधि सभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने निर्णय भएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

जनता समाजवादी पार्टीमा लागेका नवलकिशोर साह सुडी यसअघिदेखि नै संघीय सरकारमा वनमन्त्री छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले आइतबार नै पदबाट राजीनामा दिएका थिए । रिक्त स्थानमा नवगठित जसपाबाट मन्त्री बनाउन लागिएको हो ।

महासचिव राईका अनुसार पार्टीले पठाएका मन्त्रीहरूको शपथ आइतबार नै हुनेछ । ‘मन्त्रीहरूको शपथ आइतबार अपराह्न ५ बजे हुने भनिएको छ,’ उनले भने ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी पार्टी बनाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.519 sec. Memory consumption:82.47 mb