18 April 2025
KALIKATIMES.COM

नारायणी रंगशाला पुनर्निर्माण गर्न सांसद यादवको माग

वीरगंज । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदिप यादवले वीरगंजको नारायणी रंगशाला पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले मन्त्रिमण्डल पुर्नगठन भएर नयाँ अर्थमन्त्री र युवा खेलकुद मन्त्री आएको भन्दै मधेश प्रदेशको गौरवको रुपमा रहेको ऐतिहासिक नारायणी रंगशाला पुनर्निर्माण अगाडि बढाउन माग गरेका हुन् ।

दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण गर्ने भनेर चार वर्ष अगाडि डिपीआर बनेको र दुई वर्षसम्म आंशिक रुपमा काम भए पनि बजेट अभावले रोकिएको उल्लेख गर्दै यादवले बाँकी काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

‘केही वर्षअगाडि राष्ट्रिय खेलकुद परिषदले डिपिआर बनाएको थियो, त्यो डिपिआर दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण हुन्छ भनेर सरकारलाई जानकारी गराएको थियो । सरकारले सात करोड रुपैयाँ विनियोजन गरेको थियो । टेण्डर पनि आह्वान गर्यो, तर हात्तीको मुखमा जिरा । चार वर्ष अगाडि सात करोड रुपैयाँ गएको, दुई वर्ष आंशिक निर्माण भएको र त्यसपछि बाँकी निर्माण अलपत्र परेको छ,’ उनले भने ।

काठमाडौंको दशरथ रंगशालासँगै स्थापना भएको नारायणी रंगशाला पुनर्निर्माणको पर्खाइमा खण्डहर बन्दा खेलहरु हुन छाडेको उनको भनाई थियो । ‘काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको १८ विगा जग्गामा अवस्थित नारायणी रंगशालामा क्रिकेट र फुटबललगायत खेल हुन्छ । तर, अहिले खण्डहर बनेको कारणले खेलहरु सुकेको छ । क्रिकेट हुन्छ तर, फुटबल खेल हुँदैन,’ उनले भने ।

यादवले रंगशालाको पुनर्निमाण गरेर क्षेत्रीय स्तरको बनाउन माग गरे । ‘अरु रंगशालामा सरकारको ध्यान छ । तर वीरगंजमा ध्यान पुग्न सकेको छैन । अब पुनर्गठित मन्त्रिमण्डलमा नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आउनुभएको छ । रंगशालाका लागि खेलकुदमन्त्रीले बजेट माग गर्ने र अर्थमन्त्रीले यसै वर्ष २ अर्ब निकासा गर्ने विश्वास छ,’ उनले भने ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.064 sec. Memory consumption:82.48 mb