36.8 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

पर्सा, बारासहित मधेशका जिल्लामा चिसाे बढ्याे, जनजिवन प्रभावित

वीरगंज । पर्सा, बारासहित मधेशका जिल्लामा चिसाे बढेकाे छ । बिहिबार विहानदेखि हल्का बर्षासंगै चिसाे हवा चलेपछि जाडाे बढेकाे हाे । चसाे बढेसंगै घुर तापेर मानिसहरु बस्न थालेका छन् ।

बिहिबार बिहानदेखि एकासी चिसाेका बढेका कारण वीरगंज आसपासकाे क्षेत्रमा सर्वसाधारणकाे आवगमन पात्लिएकाे छ । चिसाेका कारण खास गिरि बालबालिका, बृद्धवृद्धा र विपन्न परिवार जनजिवन प्रभावित भएकाे छ ।

चिसाे बढेसंगै वीरगंज बजारमा न्यानाे कपडा किन्नेहरुकाे संख्यामा बृद्धि भएकाे छ भने हिटर र गिजरकाे बिक्रीमा पनि बृद्धि भएकाे छ । 

चिसाे माैसमा न्यानाे कपडा लगाउन र ताताे खाने कुराहरु खानु पर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् । चिसाे माैसमा खास गरि बालबालिका, बृद्धबृद्धा, गर्भावती महिला र दिर्घ राेगीहरुलाई विशेष ध्यान दिनु पर्ने चिकित्सककाे सुझाव छ ।

प्रत्येक बर्षकाे मंसिर, पुसकाे महिनामा तराई/मधेशकाे जिल्लामा चिसाे बढ्नुकाे साथै शितलहर हुने गरेकाे छ । जस कारण सर्वसाधारणकाे जनजिवन प्रभावित हुनेकाे साथै कष्टकर हुँदै आएकाे छ ।

यस बर्षकाे चिसाे सुरु भएपनि हाल सम्म पर्सामा जिल्ला विपद् व्यवस्थापन समितिकाे तयारी केही देखिएकाे छैन् । त्यसैगरी पर्साका १४ पालिकामा पनि विपद् व्यवस्थापनकाे केही तयारी देखिएकाे छैन ।

विगतका बर्ष चिसाे र शितलहरका कारण केहीले ज्यान समेत गुमाउनु परेपनि पूर्व तयारी नहुँदै त्यस्तै घटनाहरु पुन: हुँदै आएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.654 sec. Memory consumption:82.47 mb