29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

वीरगंजबाट खैरो हेरोइन र नाइट्रोभेटसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोकबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएकाे प्रहरी टाेलीले लागु औषधसहित भारत विहार जिल्ला मोतीहारी नकरदेही थाना ग्राम भवानीपुर निवासी २७ बर्षिय भुलावन पटेल र बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं .६ निवासी ३१ बर्षिय सन्तोष महतोलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

भारतबाट वीरगंज तर्फ आउने क्रममा मिति शनिबार विहान ११:३० बजेको समयमा रजतजयन्ती चाैकमा भुलावनलाई राेकी खानतलासी गर्दा निजले लगाएको जिन्स पाइन्टको पछाडीको खल्तीमा खैरो हिरोइन जस्तो देखिने पदार्थ ४९.५२० मि.ग्राम फेला परेको डिएसपी थापाले वताए ।

भुलावनलाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको उनले वताए ।

त्यसैगरी शनिबार नै सांझ ६:३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका संताेषकाे खानतलासी गर्दा सेतो प्लाष्टिकको झोलामा प्रतिबन्धित लागु औषध नाईट्राभेट ३ डिब्बामा ९०० ट्याब्लेट फेला परेको डिएसपी थापाले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.809 sec. Memory consumption:82.47 mb