26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

केदारनाथ दर्शन गर्न जाने वीरगंजका युवाहरु बढ्दै

वीरगंज । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल केदारनाथ दर्शन गर्न जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।
 
यस क्रममा वीरगंजका युवाहरूको एक समूह पनि केदारनाथ दर्शनको लागि पुगेको छ । केदारनाथ दर्शनकाे लागि पुगेकाे समुहले त्यहाँ नेपालको राष्ट्रिय झन्डा समेत फहराएको छ ।
 
यस अघि दशैंकाे समयमा पनि वीरगंजका युवाहरुकाे समुह केदारनाथ दर्शनकाे लागि पुगेकाे थियाे ।
 
केदारनाथ भ्रमण टोलीमा वीरगंजका विष्णु पटेल, साजन पटेल, प्रकाश ठाकुर, अमित पटेल, कृष्ण पटेल र शत्रुघन पटेल रहेका छन् ।
 
उत्तराखण्डको हिमालय पर्वतको काखमा रहेको केदारनाथ मन्दिर बाह्र ज्योतिर्लिङ्गमा समावेश छ । चार धाम मध्येकाे एक केदारनाथ पनि हाे ।
 
यहाँको प्रतिकूल हावापानीका कारण केदारनाथ मन्दिर अप्रिलदेखि नोभेम्बरसम्म मात्रै दर्शनका लागि खुला हुन्छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:210. Generation time:4.072 sec. Memory consumption:81.26 mb