Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

लाइभ इभेन्ट एण्ड म्यानेजमेन्टद्वारा पर्सा युथ फेस्ट प्रतियोगिता शुरु

spot_img
spot_img

वीरगंज । लाइभ इभेन्ट एण्ड म्यानेजमेन्ट वीरगंजकाे आयोजनामा शुक्रबारदेखि वीरगंजमा युथ फेस्ट प्रतियोगिता शुरू भएको छ । वीरगंजस्थित बिपिसी कलेजको सभा हलमा सुरु भएकाे प्रतियाेगिताकाे नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य अनिल रुङ्गटाले उद्घाटन गरेका थिए ।

प्रतियाेगिताकाे उद्घाटन गर्दै रुङ्गटाले विद्यार्थीहरुमा पढाइको अलावा अतिरिक्त क्रियाकलापहरुकाे विकास पनि हुने वताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रुङटाले शिक्षाको विकाससँगै विद्यार्थीहरुमा गायन, नृत्य, बहस जस्ता विषयमा पनि अगाडि बढ्नु अहिलेको आवश्कता रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले कार्यक्रम सफलताको शुभकामना दिँदै युथ फेस्ट प्रतियोगिताले विधार्थिरुमा विभिन्न कला र संस्कृतिको विकास हुनेमा आफू विश्वस्त रहेको बताए । उनले यस्ता कार्यक्रमहरु निरन्तर रूपमा गरिरहन पनि आग्रह गरे ।

शुक्रबारदेखि शुरू भएको प्रतियोगिता ३ दिनसम्म चल्ने कार्यक्रम लाइभ इभेन्ट एण्ड म्यानेजमेन्टका आकाश चौहानले जानकारी दिए । सो प्रतियोगितामा नेशनल इन्फोटेक कलेज, सिद्धार्थ सेकेण्डरी स्कूल, जीवन ज्योति सेकेण्डरी स्कूल, माइस्थान विद्यापीठ, मुनलाइट स्कूल, श्री शारदा सेकेण्डरी स्कूल, ज्ञान्दा एकेडेमी, ब्राइट पब्लिक स्कूल, अल्पाइन सेकेण्डरी स्कूल, सनलाइट सेकेण्डरी स्कूल, एसआर ग्यालेक्सी सेकेण्डरी स्कूल, एमईएस स्कूलगरी १२ वडा विद्यालयहरूको सहभागीता रहेको रहेको छ ।

एजुकेसनल प्रतियोगिता संस्थाका अध्यक्ष विकास चौहानको अध्यक्षतामा भएकाे प्रतियाेगिता उद्घाटन कार्यक्रममा प्रेस युनियन पर्साका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका सचिव विजय चौहान, पत्रकार राघव साह, आनन्द पटेल, नितेश कर्ण्, जगत राई लगायत विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु लगाएतको सहभागीता रहेको थियाे ।

कार्यक्रममा निर्णायकको भूमिकामा बरिष्ट साहित्यकार धुरुप सिंह ठकुरी र सञ्चारकर्मी राजन रौनियार रहेका छन । प्रतियोगितामा एजुकेसनल पार्टनरको रूपमा तुलास इन्स्टिच्युट देहरादूनले राम्रो सपोर्ट गरिरहेको संस्थाका आकाश चौहानले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...