Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकार महासंघ पर्साका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण बुधबार सम्पन्न भएको छ । पत्रकार महासंघको सभाकक्षमा आयोजित सपथ ग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष ओम प्रकाश खनाल लगायतका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाइएको थियोे ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष खनालले साथीहरूको अपेक्षा र अग्रजहरूको आग्रहलाई अब कसरी मिलाएर लैजाने त्यसको भार मलाई अहिलेदेखि नै महशुस भएको बताए । उनले चुनावको बेला हामी सम्पूर्ण साथीहरु एक अर्काको प्रतिस्पर्धी रहे पनि अहिले चुनाव सम्पन्न भइसकेकोले मिलेर महासंघलाई नयाँ उचाईमा पुर्याउने वताए ।

त्यस्तै धेरै वक्ताहरुले अब पत्रकारहरुमा शुद्धिकरणको समय आएको बताएका छन् । पछिल्लो समय वीरगंजमा पत्रकारिता धेरै बिग्रिदै गएको छ, पत्रकारको नाममा दलाली बढी भइरहेको छ । त्यसकारण यो शुद्धिकरण जरुरी रहेको बताएका हुन ।

गत मंसिर २८ गते सम्पन्न भएको निर्वाचनमा महासंघकाे उपाध्यक्षमा भूषण यादव, निलिमा पौडेल, सचिवमा विजय चौहान, सहसचिवमा एसके चौरसिया, अजयकुमार चौरसिया र कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र निर्वाचित भएका छन् । त्यसैगरी महासंघ  पर्साको सदस्यमा कमला भण्डारी, अजितकुमार भुजेल, आरोहण साह, तिवारी यादव, राहुल गुप्ता, श्याम  कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेन्द्र झा निर्वाचित भएका हुन ।

नेपाल पत्रकार महासंघ पर्साका मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंंघका नवनिर्वाचित केन्द्रिय सचीव अशोक तिवारी, पुर्व सचिव दिपेन्द्र चौहान, प्रेस काउन्सिलका सदस्य लालबाबु शेख लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...