Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

भोजपुरी प्रतिष्ठान वीरगंजले मनायो स्व. भिखारी ठाकुरको १३६ औँ जन्मज्यन्ती

spot_img
spot_img

वीरगंज । भोजपुरी भाषा, संस्कृतीको विकास तथा प्रचार प्रसार र जगेर्नाका लागि स्वयं आफुबाटै परिवर्तन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । भोजपुरी प्रतिष्ठान वीरगंजको आयोजनामा आज स्व् भिखारी ठाकुरको १३६ औँ जन्मज्यन्तीको उपलक्ष्यमा आयोजित कवि गोष्ठी तथा विचार विमर्ष कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् ।

प्रतीष्ठानका कार्यसमितिका सल्लाहकार प्रमोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखाका सह ईन्चार्ज अनिशकान्त कुश्वाहाले भोजपुरी भाषा आफ्नो मातृभाषा रहेकोले यस्को महत्व आजका पुस्ताले पनि उत्तिकै बुझ्नुपर्ने तथा अनुसरण गर्नुपर्नेमा जोड दिए ।

उनले भने , २२ वर्ष अघि जब हामी विधालयमा अध्ययनरत थियौँ त्यो बेला पनि अँग्रेजी भाषाका किताबहरु अध्ययन गर्नुपर्ने थियो तर फरक यति थियो की आज त्यही अँग्रेजी भाषालाई पहिलो प्राथमिकता र मातृभाषालाई दोश्रो प्राथमिकता राखिएको छ जब की त्यो जमानामा भने अँग्रेजी भाषाका पुस्तकमा लेखीएको शब्द , वाक्यलाई पनि हाम्रा शिक्षक शिक्षिकाज्युहरुले भोजपुरी भाषामा अनुवाद गरेर बुझाउनुहुन्थ्यो ।

र पनि हाम्रो अँग्रेजी कमजोर भएन की मातृभाषासंगै अँग्रेजी भाषामा पनि राम्रै पकड छ ।

उनले थप बोल्दै बालबालिकालाई घरबाटै आफ्नो मातृभाषाप्रतीको सम्मान , मोह र उत्साह बढाउन अभिभावक घरपरिवारका सदस्यहरुले भुमीका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष तथा प्रतीष्ठानका कार्यसमिति सल्लाहकार प्रमोद पाण्डेले आफ्नो कविता मार्फत स्व.भिखारी ठाकुरलाई स्मरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतीष्ठानका सल्लाहकार पाण्डेले भोजपुरी प्रतीष्ठान वीरगंजले कार्यक्रम आयोजना गरी स्व.भिखारी ठाकुरलाई स्मरण गरेर भोजपुरी भाषा , साहित्यप्रती सम्मान गरेकोप्रती प्रंशंसाा गरेका थिए । साथै उनले भने , भोजपुरी भाषा , संस्कृतीको आफ्नो छुट्टै गरीमा छ । यसकारण घर देखी विधालयसम्म भोजपुरी भाषा , संस्कृती , साहित्यबारे खुलेर प्रचार गर्न आवश्यक छ ।

भोजपुरी भन्ने वितिक्कै मानिसहरुको मनसपाटलमा एउटै कुरा आउँछ अश्लिलता तर भोजपुरी भाषाको आफ्नै सुन्दरता छ त्यसलाई उजागर गर्न अब ढिलो गर्नुहुन्न । यसमा सबै मिलेर लाग्न जरुरी छ ।

कार्यक्रममा सहभागि सबै सरोकारवालाहरुले भने आगामी दिनमा भोजपुरी भाषाप्रतीको अभियानलाई सकारात्मक रुपमा अगाडी बढाउन जोडतोडका साथ लाग्नपर्नेमा जोड दिएका थिए ।

त्यस्तै कार्यक्रममा भोजपुरी भाषा र संस्कृतीलाई उजागर गर्ने अभियानमा लागेका साहित्यकार तथा कवि अस्मिता पटेल, आमोद गुप्ता, रितु राज, श्याम सरार्फ लगायतले भोजपुरी भाषा, कला संस्कृती, रहनसहनसंग सम्बन्धित कविता वाचन गरेका थिए भने आफ्नो गायनको माध्यमबाट प्रतीष्ठानका कार्यसमिति सदस्य सर्वजित पासवानले स्व. भिखारी ठाकुरलाई स्मरण गरेका थिए ।

आज आयोजित कार्यक्रमको संचालन श्याम सरार्फले गरेका थिए भने सहजीकरण प्रतीष्ठानका सदस्य संयाेजक अमित अग्रवालले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...