Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बहुदरमाई नगरपालिकाकाे कार्यालयमा ताेडफाेड र आगजनी

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाकाे कार्यालयमा शुक्रबार विद्यार्थीहरुले ताेडफाेड तथा आगजनी गरेका छन् । विद्यार्थीहरुले नगरपालिकाको कार्यालयभित्र पसेर व्यापक तोडफोड गर्नुकाे साथै उनीहरुले कार्यालयका केही फर्निचर बाहिर निकालेर आगो लगाएक हुन् ।

नगर प्रमुख सिंगासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफा बीचको विवादले नगरपालिकाको कामकाज ठप्प बनेको छ । नगर प्रमुख तेलीले प्रमुख प्रशासकिय अधिकृत मुस्तुफाकाे सरुवाकाे अडान राखेका छन् भने संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत मुस्तुफाकाे सरुवा नगरेका कारण समस्या समाधान हुन सकेकाे छैन । त्यस कारण नगर सभा भए पनि नगरपालिकाकाे खाता संचालन नहुँदा समस्या भएकाे छ ।

 यसको प्रत्यक्ष प्रभाव सामुदायिक विद्यालयका शिक्षकहरु र नगरपालिकाका कर्मचारीहरुमाथि परेको छ । लामो समयदेखि तलब नपाउँदा सामुदायिक विद्यालयको पठनपाठन ठप्प रहेको र विद्यार्थीहरु आन्दोलित भएको जनाइएको छ ।

विद्यार्थीहरुकाे ताेडफाेड र आगजनीका कारण लाखाैंकाे क्षति भएकाे छ । याे घटनाले समाजिक संजालमा व्यापक चर्चा पाएकाे छ भने नगरपालिका रहेकाे क्षेत्रबाट नै संघिय मामिला तथा समान्य प्रशासन मन्त्री र दुई प्रदेश मन्त्री रहेपनि समस्या समाधान हुन सकेकाे छैन । जस कारण नगरपालिकाकाे विकास निर्माणकाे काम प्रभावित हुनुकाे साथै नगरपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी लगायतका आम जनता मर्कामा परेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...