Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

बहुदरमाई नगरपालिकाकाे कार्यालयमा ताेडफाेड र आगजनी

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाकाे कार्यालयमा शुक्रबार विद्यार्थीहरुले ताेडफाेड तथा आगजनी गरेका छन् । विद्यार्थीहरुले नगरपालिकाको कार्यालयभित्र पसेर व्यापक तोडफोड गर्नुकाे साथै उनीहरुले कार्यालयका केही फर्निचर बाहिर निकालेर आगो लगाएक हुन् ।

नगर प्रमुख सिंगासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफा बीचको विवादले नगरपालिकाको कामकाज ठप्प बनेको छ । नगर प्रमुख तेलीले प्रमुख प्रशासकिय अधिकृत मुस्तुफाकाे सरुवाकाे अडान राखेका छन् भने संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत मुस्तुफाकाे सरुवा नगरेका कारण समस्या समाधान हुन सकेकाे छैन । त्यस कारण नगर सभा भए पनि नगरपालिकाकाे खाता संचालन नहुँदा समस्या भएकाे छ ।

 यसको प्रत्यक्ष प्रभाव सामुदायिक विद्यालयका शिक्षकहरु र नगरपालिकाका कर्मचारीहरुमाथि परेको छ । लामो समयदेखि तलब नपाउँदा सामुदायिक विद्यालयको पठनपाठन ठप्प रहेको र विद्यार्थीहरु आन्दोलित भएको जनाइएको छ ।

विद्यार्थीहरुकाे ताेडफाेड र आगजनीका कारण लाखाैंकाे क्षति भएकाे छ । याे घटनाले समाजिक संजालमा व्यापक चर्चा पाएकाे छ भने नगरपालिका रहेकाे क्षेत्रबाट नै संघिय मामिला तथा समान्य प्रशासन मन्त्री र दुई प्रदेश मन्त्री रहेपनि समस्या समाधान हुन सकेकाे छैन । जस कारण नगरपालिकाकाे विकास निर्माणकाे काम प्रभावित हुनुकाे साथै नगरपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी लगायतका आम जनता मर्कामा परेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...