29.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

पर्साकाे विभिन्न पालिकामा जलाईयाे शिक्षा सम्बन्धि विधेयक

वीरगंज । पर्साको विभिन्न पालिकाहरुमा शिक्षक महासंघले बुधवार संसदमा टेबल भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को प्रतिलिपि जलाएकाे छ ।  

वीरगंज महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले शुक्रबा वीरगंजकाे घण्टाघर चोकमा विरोध प्रदर्शन गर्दै विधेयकको प्रतिलिपि जलाएका हुन् ।

घण्टाघर चोकमा भेला भएका शिक्षकहरूले ‘शिक्षा विधेयक खारेज गर’, ‘प्रचण्ड सरकार मुर्दावाद’, ‘शिक्षामन्त्री मुर्दावाद’ लगायतका नारा लगाउँदै विधेयक जलाएको शिक्षक महासंघ पर्साका सचिव विनाेद गिरीले बताए ।

त्यस्तै जिल्लाको दोस्रो सदरमुकाम भनिने पोखरियामा पनि शिक्षकहरूले शुक्रबार शिक्षा सम्बन्धी विधेयकको प्रतिलिपि जलाएका हुन् । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले पोखरियामा विरोध जुलुस निकालेर प्रदर्शन गर्दै विधेयक जलाएका थिए ।

पोखरिया नगरपालिका – ४ पोखरिया बजारस्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालय परिसरमा भेला भई विरोध जुलुस निकाल्दै शिक्षकहरूले बजार परिक्रममा समेत गरेका थिए ।

यसै गरी छिपहरमाई गाउँपालिका, कालिकामाई गाउँपालिका, धाेबिनी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिकामा लगायकाे पालिकाहरुले शिक्षकहरूले विधेयकको प्रतिलिपि जलाएका हुन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.650 sec. Memory consumption:82.47 mb