25.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

संघिय शिक्षा ऐनकाे विधेयक जलाइयाे

वीरगंज । संसदमा बुधवार दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई नेपाल शिक्षक महासङ्घ पर्साले जलाएको छ ।
 
विधेयकलाई खारेज गर्न माग गर्दै महासंघले बुधबार सांझ वीरगंजकाे घण्टाघर चोकमा प्रदर्शन गर्दै विधेयककाे प्रतिलिपी जलाएकाे  महासंघ पर्साका जिल्ला सदस्य राहुल साहले वताए ।
 
संघीय सरकारद्वारा संघीय संसद सचिवालयमा बुधबारका दिन दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ २०८० विद्यालयसँग सरोकारित सम्पूर्ण पक्षको विरोधी रहेकोले शिक्षक महासंघ यसको घोर यसकाे विराेधमा उत्रेकाे शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले वताए ।
 
संघीय सरकारद्वारा यस कालो विधेयक तुरुन्त फिर्ता लिन माग उनले विधेयक २०८० को विरोधमा कडा आन्दोलनका कार्यक्रम ल्याउन महासंघ राष्ट्रिय समितिसँग जोडदार माग समेत गरेकाे उनले जानकारी गराए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:207. Generation time:4.446 sec. Memory consumption:82.26 mb