25.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

आन्दाेलित शिक्षकहरुद्वारा वीरगंजमा माेटरसाइकल र्‍याली

वीरगंज । प्रस्तावित शिक्षा ऐन २०८० काे विराेधमा आन्दाेलित पर्साका शिक्षकहरु मंगलबार वीरगंजमा प्रदर्शन गरेका छन् । सदरमुकाम वीरगंजमा जम्मा भएका जिल्ला भरिका शिक्षकहरु माेटरसाइकल र्‍याली निकालेका हुन् ।

नेपाल शिक्षक महासंघ केन्द्रिय समितिकाे आन्दाेलनकाे कार्यक्रम अन्तर्गत महासंघ पर्साको आयाेजनामा वीरगंजस्थित चिनिमिल पिपरामा रहेकाे सिद्धार्थ स्कुलबाट निस्केकाे माेटर साइकल र्‍याली नगर परिक्रममा गर्दै शिक्षा विकास तथा समन्वय इकाईमा पुगेर ज्ञापन पत्र समेत बुझाएकाे शिक्षक मुकेश साहले वताए ।

शिक्षकहरुले शिक्षक विकास तथा समन्वय इकाईका निमित प्रमुख मनाेज चाैधरीलाई सरकार संग भएकाे ३० बुंदे र ५१ बुंदे सहमती पत्र बुझाएकाे हाे । 

र्‍यालीमा सहभागिहरुले प्रस्तावित शिक्षा ऐन २०८० खारेजी गर, नेपाल सरकारकाे प्रथम श्रेणी (सहायक स्तर) कर्मचारी सरह पारिश्रमिक वृद्धि गर लगायतकाे नारा लगाएका थिए ।

र्‍यालीमा नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य चन्देश चाैहान, महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, उपाध्यक्ष हरिन्द्र कुर्मी, सचिव विनाेद गिरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.386 sec. Memory consumption:82.48 mb