25.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

संघीय शिक्षा ऐनकाे विराेधमा पर्साका शिक्षकहरु पनि आन्दाेलित

वीरगंज । नेपाल शिक्षक महासंघ केन्द्रीय कार्य समितिको आहवानमा पर्साका शिक्षकहरु पनि आन्दाेलित भएका छन् । संघीय शिक्षा ऐन २०८० को मस्यौदाको विरोधमा पूर्व घोषित आन्दोलनकाे कार्यक्रम अन्तर्गत पर्साका १४ पालिकाकाे कार्यालयमा आइतबार शिक्षकहरु धर्ना दिनुकाे साथै पालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् ।

नेपाल शिक्षक महासंघको पहिलाे चरणकाे धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत पकहा मैनपुर गाउँपालिकामा आन्दाेलनकाे कार्यक्रम सम्पन्न भएकाे शिक्षक विकाश पाण्डेले वताए । शिक्षक महासंघ पकहा मैनपुर गाउँपालिकाकाे आयाेजना गाउँपालिका कार्यालय पकहाँ मैनपुरमा धर्ना दिनुकाे साथै ज्ञापन पत्र समेत बुझाइएकाे उनले जानकारी दिए ।

यसैगरी कालिकामाइ गाउँपालिका कार्यालय हरिहरपुर विर्तामा समेत त्यहाँका शिक्षकहरु धर्ना दिएका छन् । गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयका शिक्षकहरु गाउँपालिका कार्यालयमा धर्ना दिनुकाे साथै गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्तालाई ज्ञापन पत्र बुझाएका हुन् ।

शिक्षक महासंघ कालिकामाई गाउँपालिकाका अध्यक्ष इन्द्रदेव प्रसाद कुर्मीकाे अध्यक्षता र नेपाल शिक्षक महासंघ पर्साका जिल्ला सदस्य राहुल कुमार साहकाे प्रमुख आतिथ्यतामा भएकाे धर्नाकाे कार्यक्रममा पालिका भरिका सम्पुर्ण शिक्षक, शिक्षिकाकाे सहभागिता रहेकाे थियाे । 

धर्ना कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी जिल्ला सदस्य साहले बिगतमा भएकाे ३० बुंदे र ५१ सुत्रिय सहमतिलाई कार्यन्वयन गर्नु पर्ने बताए । उनले २०७५ सालपछि स्थायी भएका शिक्षकहरुलाई पुरानै प्रणाली अनुसार पेन्सनको व्यवस्था गर्नु पर्ने वताए ।

उनले आन्दाेलनकाे कार्यक्रम अन्तर्गत ३० गते शिक्षक विकास तथा सम्न्वय एकाइमा ३० बुंदे र ५१ सुत्रिय सहमती बुझाइने र ३२ गते प्रदेश सामाजिक बिकास मन्त्रालयमा साेही सहमती पत्र बुझाउने कार्यक्रम रहेकाे वताए । 

शिक्षक महासङ कालिकामाईका अध्यक्ष कुर्मीले संधिय शिक्षा ऐन हाम्रो पेशागत हक हितको बिपरित रहेकाेले त्यसकाे विरुद्ध सबै शिक्षकहरु एकजुट भएर लडनु पर्ने वताए । 

यसैगरी बिन्दवासिनी गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, धाेबिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, पाेखरिया नगरपालिका, बहुदरमाई नगरपालिका लगायतका पालिकाहरुमा शिक्षकहरुले धर्ना दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.125 sec. Memory consumption:82.48 mb