25.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

वीरगंजमा जिउँदाे मानिसकाे मृत्यु दर्ता बनाएर सम्पती बिक्री

वीरगंज । वीरगंजमा श्रीमतीले जिउदाे श्रीमानकाे मृत्यु दर्ता बनाएर सम्पती बिक्री गरेकाे घटना बाहिरिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २ छपकैया निवासी भाेला पासीकाे नाममा रहेकाे जग्गा श्रीमती सिमा पासीले मृत्यु दर्ता बनाएर बिक्री गरेकाे आराेप लागेकाे हाे ।

 १२  बर्षपछि आफ्नो घर फर्केका भाेलीका परिवारजनले त्यस्ताे आराेप लगाएका हुन् । १२ बर्ष भन्दा बढी अवधिदेखि हराइरहेका भोला बिहीवार बिहान ९ बजे घर फर्केपछि यस्ताे घटना सार्वजनिक भएकाे हाे ।

१२ बर्ष अघि उनकी पत्नी सीमा पासी ५ वर्षीय छोरा र ८ वर्षीया छोरीलाई लिएर पोइलो गएकी थिइन् । सोही टोलका समसाद अलिसँग पोइलो गएकी सीमालाई अहिले पुन: वीरगंज मै बस्दै आएकी छन् । शुरूमा सीमा र समसाद भारतको दिल्ली भागेका थिए । उनी हाल १८ वर्षीय छोरीसँग वीरगंजमा बस्दै आएकी छन् । 

आफनी पत्नीलाई खोज्दै भारत गएका भोलापछि मानसिक अवस्था गुमेपछि हराएका थिए ।  पहिले उनको मानसिक अवस्था ठीक नहुँदा घर फर्केका थिएनन् । तर केही महीनायता मानसिक अवस्थामा सुधार आएपछि आफू वीरगंज आएको उनले बताए ।

पत्नी सिमाले २०७८ सालमा पति भोलाको वडा नं २ बाट मृत्युदर्ता प्रमाणपत्र बनाइ अंशमा उनको एक कट्ठा ४ धुर जग्गा पनि हत्याएको परिवारजनले आरोप लगएका छन् ।

परिवारजनका अनुसार वीरगंजकाे वडा नं. १ छपकैया मै रहेकाे एउटा १८ धुर र एउटा ६ धुर जग्गा श्रीमती सिमाले हत्याएकी हुन् । साे जग्गाबाट उनी बिक्री समेत गरेकाे परिवारजनकाे आराेप छ ।

भारतको कोलकातामा बस्दै आएका भाेला बिहिबार एकासी घर फर्केपछि यस्ताे कुराहरु खुलेका हुन् । भाेलाकी आमा जिउँदै रहेपनि उनलाई जानकारी नै नदिई सिमाले श्रीमानकाे मृत्यु दर्ता बनाएर उनकाे नाममा रहेकाे सम्पती हत्याउन सफल भएकी परिवारजनकाे भनाई छ ।

जिउँदो मानिसको मृत्युदर्ता प्रमाणपत्र बनाइ सम्पत्ति हिनामिना गरेका सबैलाई छानबीनको दायरामा ल्याइ आवश्यक कारबाही गर्न परिवारजनले माग समेत गरेका छन् ।

१२ बर्षपछि घर फर्केका भाेलाकाे शान्ति सुरक्षाकाे माग गर्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन समेत दर्ता गराएका छन् । मृत्यु दर्ता बनाइसकेका घर फर्केका भाेलाकाे ज्यानकाे खतरालाई मध्यनजर गर्दै उनका परिवारजनले शान्ति सुरक्षाकाे निवेदन दिएका हुन् ।

परिवारजनले मृत्यु दर्ता प्रमाण पत्र बनाउने कार्यमा संलग्न सबै जनाकाे विरुद्ध कारवाहीकाे माग गर्दै उजरी दर्ता गराउन पनि तयारी गरेका छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.133 sec. Memory consumption:82.48 mb