25.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

पकहाँ मैनपुरमा शिक्षक संगठनकाे समिति गठन

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकामा शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्राे अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले राधा बैठाको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका स्तरिय शिक्षक संगठन सर्वसहमत गठन गरेकाे शिक्षक बिकास पाण्डेले जानकारी दिए ।

नव गठित समितिकाे उपाध्यक्षमा टेकबहादुर कामी, महिला उपाध्यक्षमा तम्मना खातुन, सचिवमा ध्रुव प्रसाद चौहान, कोषाध्यक्षमा विकास पाण्डे, सहसचिवमा निर्मला चौरसिया, सह कोषाध्क्षमा जानकी कुमारी, सदस्यमा नरेश प्रसाद चौहान, मनोज राम, श्रीमती रिता शर्मा, तारा चौरसिया चयन भएका हुन् ।

शिक्षकहरुको पेशागत हकहित, संरक्षण, सम्बर्धन तथा अधिकार प्राप्तिकाे मुल नाराकाे साथ श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय मानिपुरमा भएको संगठनमा आवद्ध रहेका शिक्षकहरुको भेलाले सर्वसहमत समिति गठन गरेकाे हाे ।

शिक्षक राधा बैठाको अध्यक्षतामा र संगठन पर्साका अध्यक्ष शिवनाथ महतो थारुको प्रमुख आतिथ्यमा भएको भेलामा शिक्षक संगठन पर्सा सचिव बिनोद गिरी लगायतको बिशेष उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.125 sec. Memory consumption:82.47 mb