वीरगंज । नेपाल शिक्षक महासंघ पर्साकाे अध्यक्षमा पुन: तिर्थराज यादव चयन भएका छन् । वीरगंजमा शनिबार सम्पन्न महासंघकाे दाेश्राे अधिवेशनबाट पुन: यादव अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन भएकाे हाे ।
महासंघकाे सहअध्यक्षमा हरेन्द्र प्रसाद कुर्मी, महिला उपाध्यक्षमा मञ्जु मिश्र, उपाध्यक्षमा रमेश प्रसाद चाैधरी, सचिवमा विनाेद गिरि, सहसचिवमा राकेश मिश्र, रचना सिंह र रामबालक यादव तथा संस्थागत सहसचिवमा अशाेक कुमार केवट, पिताचन्द्र ढुंगेल, रमेश कुशवाहा, रामेश्वर साह, राखी शर्मा, चन्द्रमाेहन चाैरसिया र याेगेश्वर मिश्र चयन भएका हुन् ।
तिर्थराज यादवकाे अध्यक्षतामा सात जना पदेन सदस्य सहित सैतिस सदस्यीय कार्यसमिति निर्विराेध निर्वाचित भएकाे निर्वाचन अधिकृत राम कुमार अधिकारीले जानकारी दिए । मधेश प्रदेश मै निर्विराेध जिल्ला अधिबेशन पर्सामा सम्पन्न भएकाे वताइएकाे छ ।
अधिवेश उद्घाटन समाराेहमा एमाले पर्सका जिल्ला संयाेजक डा. बिशम्भर शर्मा, जनता समाजवादी पार्टी पर्साका जिल्ला सँयाेजक रामनरेश यादव, नेपाली कांग्रेस पर्साका जिल्ला उपसभापति रामनारायण कुर्मी, वीरगंज महानगरका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, नेपाल शिक्षक महासँघका वीरगंज महानगर अध्यक्ष बिनाेद मेहता, नेपाल प्रेश युनियन पर्साका पुर्व अध्यक्ष एवम् अधिवक्ता रामनारायण कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।
शनिबार नै नव निर्वाचित पदाधिकारीहरूकाे पदास्थापन तथा सपथग्रहण गराइएकाे थियाे ।
सपथ ग्रहण पछि दाेस्राे कार्यकालकाे लागि नवनिर्वाचित अध्यक्ष तिर्थराज यादवले शिक्षकहरूकाे हकहितकाे विगत कार्यकाल भन्दै अझै सशक्त रुपमा लाग्ने वताए । उनले शिक्षककाे हकहित बिपरित कार्य गर्ने जाे काेहि पनि महासंघकाे शत्रु हुने वताउँदै त्यस्ताेसँग महासंघ सहमति वा सहकार्य कहिले नगर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया लेख्नुहोस