Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

पटेर्वा सुगाैलीमा दुई सय ३० जनाकाे निशुल्का आँखाकाे शल्यक्रिया

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाले २ सय ३० जनाकाे निःशुल्क आँखाकाे शल्यक्रिया गराएकाे छ । गाउँपालिकाले हेटौडा समुदायिक आँखा अस्पताल, तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाकाे प्राविधिक सहयाेगमा आँखा शल्यक्रिय गरिएकाे हाे । 

पटेर्वा सुगाैली गाउँपालिकाकाे आयाेजनामा विभिन्न मितिमा भएकाे निशुल्क आँखा शिविरमा ३०९ जनामा माेतियाविन्दुकाे बिरामी फेला परेकाे थियाे । जस मध्येका २३० जनाकाे आँखाकाे शल्यक्रिया गरिएकाे पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए ।

पटेर्वा सुगौली गउँपालिकाकाे वडा नं. ५ स्थित निचुटा स्वास्थ्य चौकीमा भएकाे शल्यक्रियामा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, वडा नं. २ का वडाध्यक्ष विजय गैरे, वडा नं ३ वडाध्यक्ष माधो राउत, वडा सदस्यहरु हैदर अन्सारी, सहमद अन्सारी, लक्षणदेव चौधरी, धुरण चौधरी, निचुटा स्वास्थ्य चौकी इन्चार्ज प्रमोद कर्ण लगायतकाे उपस्थिती रहेकाे थियाे ।

विजबनिया, महादेवपट्टी, सुर्वणपुर, गादी लगायतकाे स्थानमा भएकाे नि:शुल्क आँखा शिविरमा एक हजार ३ सय ७ जनाकाे आँखा परिक्षण गरिएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...