Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026

पटेर्वा सुगाैलीमा दुई सय ३० जनाकाे निशुल्का आँखाकाे शल्यक्रिया

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाले २ सय ३० जनाकाे निःशुल्क आँखाकाे शल्यक्रिया गराएकाे छ । गाउँपालिकाले हेटौडा समुदायिक आँखा अस्पताल, तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाकाे प्राविधिक सहयाेगमा आँखा शल्यक्रिय गरिएकाे हाे । 

पटेर्वा सुगाैली गाउँपालिकाकाे आयाेजनामा विभिन्न मितिमा भएकाे निशुल्क आँखा शिविरमा ३०९ जनामा माेतियाविन्दुकाे बिरामी फेला परेकाे थियाे । जस मध्येका २३० जनाकाे आँखाकाे शल्यक्रिया गरिएकाे पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए ।

पटेर्वा सुगौली गउँपालिकाकाे वडा नं. ५ स्थित निचुटा स्वास्थ्य चौकीमा भएकाे शल्यक्रियामा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, वडा नं. २ का वडाध्यक्ष विजय गैरे, वडा नं ३ वडाध्यक्ष माधो राउत, वडा सदस्यहरु हैदर अन्सारी, सहमद अन्सारी, लक्षणदेव चौधरी, धुरण चौधरी, निचुटा स्वास्थ्य चौकी इन्चार्ज प्रमोद कर्ण लगायतकाे उपस्थिती रहेकाे थियाे ।

विजबनिया, महादेवपट्टी, सुर्वणपुर, गादी लगायतकाे स्थानमा भएकाे नि:शुल्क आँखा शिविरमा एक हजार ३ सय ७ जनाकाे आँखा परिक्षण गरिएकाे थियाे । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा उपेन्द्र यादव : भूमि, संघीयता र बजेटबारे सरकारको आलोचना

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको एक इन्च पनि भूमि नमिचेको बताउँदै सीमा सम्बन्धी विवादहरू ऐतिहासिक तथ्य, नक्सा...

सर्वाधिक मत ल्याएकी तुलसा रास्वपा पर्साको कोषाध्यक्षसँगै कार्यवाहक सभापति

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्ला कार्यसमितिको बैठकबाट महत्वपूर्ण संगठनात्मक निर्णयहरू गरेको छ । शनिबार जिल्ला सभापति हरि पन्तको अध्यक्षतामा बसेको बैठकले...

प्रधान न्यायाधीश डा. शर्मा गृह नगर वीरगंजमा, उच्च र जिल्ला अदालतको गरे अवलोकन

वीरगंज । सर्वोच्च अदालतका प्रधान न्यायाधीश डा. मनोज कुमार शर्मा शनिबार साँझ गृह जिल्ला पर्सा आइपुगेका छन् । गत महिना सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त...