Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

जगरनाथपुरकाे विद्यालयमा मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध

सेढवा । पर्साको जगरनाथपुर गाउँपालिकाका सामूदायिक बिद्यालयका कक्षाकोठामा मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध गरिएका छन। पालिकाभित्र रहेका सामूदायिक बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेका छन।

- Advertisement -

कक्षा संचालनका समयमा मोबाइल तथा कुर्सीको प्रयोगका कारण शैक्षणिक क्रियाकलापमा नाकारात्मक प्रभाव परेका कारण सो निर्णय गरिएका शिक्षा शाखाका प्रमुख अशोक सिंहले बताए। पालिका भित्र रहेका ३१ वटा सामूदायिक तथा धार्मिक बिद्यालयमा सो नियम लागू हुने सूचनामा जनाइएका छन।

बिद्यालयमा अनुगमन गर्ने क्रममा कक्षा संचालनका समयमा कुर्सी र मोबाइल प्रयोग गरेको पाईएमा सो शिक्षकलाई पालिकाले कार्यवाही गर्ने जनाइएका छन।बिद्यालयमा कार्यरत रहेका अपाङ्ग शिक्षक शिक्षिकाका लागि कक्षाकोठामा कुर्सी प्रयोग गर्न सकिने सूचनामा उल्लेख रहेका छन।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...