Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

नेशनल मेडिकल कलेजलाई सम्मान

spot_img
spot_img

वीरगन्ज । वीरगन्जमा रहेकोे नेशनल मेडिकल कलेजलाई गत आर्थिक ०८०/०८१ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत प्रधानमन्त्रीबाट सम्मानपत्र प्रदान गरिएको छ ।

मंगलबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा भएको ७ औँ सामाजिक सुरक्षा दिवस कार्यक्रमको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीलाई सम्मानपत्र प्रदान गरिएको हो ।

आठ जिल्ला रहेकोे मधेश प्रदेशमा ठूलो संख्यामा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य सेवामा उत्कृष्ट अस्पताल नेशनल मेडिकल कलेज वीरगन्ज भएकोले सम्मानपत्र प्रदान गरिएको नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक शाहनावाज अन्सारीले जानकारी दिए ।

उनका अनुसार सामाजिक सुरक्षा कोषले नेशनल मेडिकल कलेजलाई आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको घोषणा गरेको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल ,श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारी सहितका अतिथिहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...