Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजमा दशाैं उद्याेग दिवस मनाइयाे

spot_img
spot_img

वीरगंज । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले उधोगीहरुलाई सुरक्षा, सुबिधा, सहयोग र न्यायको प्रत्याभुति दिलाउन सकियो भने देशको विकास सम्भव हुने बताएका छन् ।

उधोग बिभाग, घरेलु तथा साना उधोग कर्यालय वीरगंज, पर्साको आयोजनामा दशौ उद्याेग दिवसको उपलक्ष्यमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै अधिकारी कार्कीले उधोग धन्दा नहुँदा तथा रोजगार नहुँदा युवाहरु बिदेशिने अवस्था रहेको बताए ।

उनले भने “कर्मचारीले ईमान्दारी पुर्बक काम गर्नु पर्यो, आ अफ्नाे काम र कर्तब्य सम्झेर जिम्मेवारी निर्वाह गरियो भने देश अवश्य सम्बृद्ध बन्छ । स्थानियस्तर प्रयाप्त उधमको ब्यवस्था भयो भने युवायुवति बिदेशीनु पर्दैन ।”

वीरगंज उद्याेग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले साना उधोगीहरु हाम्राे समाजकाे लागि महत्वपूर्ण रहेकोले साना उधोगीहरुलाई प्राथमिक्ता राख्नु पर्ने बताए ।

घरेलु तथा साना उधोग कर्यालय पर्साका निमित प्रमुख प्रधुमन गुप्ताकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उधमी मधु सिंह, राधा हमाल, बिना दहाल, बिष्ण्ुा बसौला, ममता देवी,पुजा चौधरी, असमिता चौधरी, संगिता चौधरी, सकिना, सस्मिता, अनिसा, सोम्या, रिया चौधरी लगायत दर्जनौ उधमीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको घरेलु तथा साना उद्याेग कार्यालयका सुब्बा सुरज रामले वताए । 

“उद्यमशिल संस्कृति, राष्ट्रिय सम्वृद्धि” नारा सहित भएकाे कार्यक्रमकाे सहजीकरण संजय महतोले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...