Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकार हरिशंकर शर्मालाई फसाउने षड्यन्त्र

spot_img
spot_img

वीरगंज । पर्साका सक्रिय पत्रकार हरिशंकर शर्मालाई फसाउने गम्भीर षड्यन्त्र भएको आशङ्का गरिएको छ । ज्यान मार्ने कसुरमा १० वर्ष र हातहतियार मुद्दामा ३ वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति अपहरणमा परेको घटना र यसमा प्रहरी तथा पत्रकारलाई एकैसाथ संलग्न गराउने प्रयासले यस प्रकरणलाई थप रहस्यमय बनाएको छ ।

अपहरणमा परेको भनिएका व्यक्ति प्रहरीलाई भेट्न जिल्ला प्रहरी कार्यालय पुगेको र पैसा लिएर ‘सम्झौता गरिदिन’ पत्रकारसँग अनुरोध गरेको विवरणले घटनाको पृष्ठभूमि आर्थिक लेनदेनसँग जोडिएको हुनसक्ने सङ्केत गरेको छ । यस्तै, अपहरण भएको स्थान भनिएको रक्सौलबाट ती व्यक्ति वीरगञ्जको बसपार्कसम्म आएर पत्रकारलाई भेट्नु, उनी पत्रकारसँगै पक्राउ परेका इनर्वाका सन्तोष दासबिचको सम्बन्ध, र अपहरणमा परेको भनिएका शेख भोलासँग सन्तोषको पुरानो मित्रताको तथ्यले पनि घटनालाई गम्भीर बनाएको छ ।

जानकारीअनुसार, जेलमा रहेका बेला चौकीदार रहेका शेख भोला र सन्तोष दासबिच मित्रता स्थापित भएको थियो । भोलाले प्रहरीसमक्ष दिएको बयानमा सन्तोषको समूहले उनीबाट चेक, मोटरसाइकल, बिलबुक, लाइसेन्स र नागरिकताको प्रतिलिपि लिएको बताएका छन् । तर, हरिशंकर शर्मा कुनै पनि बेला त्यहाँ उपस्थित नभएको बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...