Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पत्रकार हरिशंकर शर्मालाई फसाउने षड्यन्त्र

spot_img
spot_img

वीरगंज । पर्साका सक्रिय पत्रकार हरिशंकर शर्मालाई फसाउने गम्भीर षड्यन्त्र भएको आशङ्का गरिएको छ । ज्यान मार्ने कसुरमा १० वर्ष र हातहतियार मुद्दामा ३ वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति अपहरणमा परेको घटना र यसमा प्रहरी तथा पत्रकारलाई एकैसाथ संलग्न गराउने प्रयासले यस प्रकरणलाई थप रहस्यमय बनाएको छ ।

अपहरणमा परेको भनिएका व्यक्ति प्रहरीलाई भेट्न जिल्ला प्रहरी कार्यालय पुगेको र पैसा लिएर ‘सम्झौता गरिदिन’ पत्रकारसँग अनुरोध गरेको विवरणले घटनाको पृष्ठभूमि आर्थिक लेनदेनसँग जोडिएको हुनसक्ने सङ्केत गरेको छ । यस्तै, अपहरण भएको स्थान भनिएको रक्सौलबाट ती व्यक्ति वीरगञ्जको बसपार्कसम्म आएर पत्रकारलाई भेट्नु, उनी पत्रकारसँगै पक्राउ परेका इनर्वाका सन्तोष दासबिचको सम्बन्ध, र अपहरणमा परेको भनिएका शेख भोलासँग सन्तोषको पुरानो मित्रताको तथ्यले पनि घटनालाई गम्भीर बनाएको छ ।

जानकारीअनुसार, जेलमा रहेका बेला चौकीदार रहेका शेख भोला र सन्तोष दासबिच मित्रता स्थापित भएको थियो । भोलाले प्रहरीसमक्ष दिएको बयानमा सन्तोषको समूहले उनीबाट चेक, मोटरसाइकल, बिलबुक, लाइसेन्स र नागरिकताको प्रतिलिपि लिएको बताएका छन् । तर, हरिशंकर शर्मा कुनै पनि बेला त्यहाँ उपस्थित नभएको बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...