25.1 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

स्थानीय तहको सरुवाकाे विराेधमा पर्साका शिक्षकहरु आन्दाेलित

वीरगंज । वीरगंज महानगरसहित पर्साका शिक्षकहरु आन्दाेलित भएका छन् । शिक्षक महासंघ पर्साकाे आवहानमा जिल्लाका शिक्षकहरु आन्दाेलित भएका हुन् । पूर्व घाेषित आन्दाेलनकाे कार्यक्रम अन्तर्गत आइतबार पहिलाे दिन जिल्लाका सम्पूर्ण विद्यालयमा कार्यरत प्र.अ., शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले हातमा कालोपट्टी बाँधी काम गरेका छन् । 

शिक्षकहरुले सोमबार वीरगंज महानगरपालिकाकाे कार्यालय अगाडि धर्ना बस्ने, मंगलबार पुनः वीरगंज महानगरपालिका कै कार्यालय अगाडि धर्ना बस्ने आन्दाेलनकाे कार्यक्रम रहेकाे छ । शान्तिपूर्ण धर्ना गर्दा पनि हाम्रो माँग सम्बोधन भएन भने मंगलबार कै धर्ना स्थलबाटै कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु तय गरिने शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले वताए ।

जिल्लाका स्थानीय तहहरुबाट विगत केही महिनादेखि विद्यालयमा कार्यरत प्रधानाध्यापक, शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरु समेतलाई विभिन्न पूर्वाग्रह, दुराग्रह, राजनैतिक आस्था, भेदभाव तथा व्यक्तिगत कुण्ठाको आधारमा थिचोमिचो गर्ने, अनावश्यक रुपमा मानसिक यातना दिने, सरुवाको नाममा आतंक मचाउने, आफ्नो आसेपासेलाई मनोमानीरुपमा पद बाँड्ने, स्वेच्छाचारी रुपमा बढुवा घटुवा गर्ने, विभिन्न रुपमा मानमर्यादा मर्दन गर्ने जस्ता घोर आपतिजनक कार्य गरिदै आएकोमा बाध्य भएकाे आन्दाेलित हुनु परेकाे उनले वताए ।

प्रचलित संघिय शिक्षा ऐन र नियमावली तथा स्थानीय ऐन नियमावलीको वरखिलाफ कुनै पनि शिक्षक वा विद्यालय कर्मचारीको सरुवा नगर्न, सरुवाको लागि नभई अर्थात कोही व्यक्ति विशेषको इच्छा, आकांक्षा, स्वार्थ अथवा राजनैतिक आवश्यक्ता पूर्तिको लागि दवावको भरमा सरुवा गर्ने कार्य नगर्न, शिक्षकलाई सम्मानित पेशाकर्मीको रुपमा राखी राख्नको लागि शिक्षकको मार्यादालाई उच्च बनाउन आवश्यक कार्यक्रम ल्याउन लगायतकाे हाम्राे माग रहेकाे अध्यक्ष यादवले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.925 sec. Memory consumption:82.48 mb