31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता सम्पन्न

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे छ । गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरकाे आयाेजनामा आइतबारदेखि सुरु भएकाे प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे हाे ।

प्रतियाेगितामा सबैभन्दा बढी स्वर्णपदक श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीले जितेकाे छ । त्यसपछि दाेस्राे स्थानमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुर सिरा, तेस्राे स्थान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्ठी र चाैथाे स्थान श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय साेहपुर साेहरीले हासिल गरेकाे गाउँपालिकाले जनाएकाे छ ।

प्रथम भएका नेरा मावि मसिहानीले १६ स्वर्ण पदक, ५ रजत पदक र ३ कांस्य पदक जितेकाे छ । त्यसैगरी द्वितिय स्थान हासिल गरेका नेरा मावि जगरनाथपुर सिराले ३ स्वर्ण पदक, १३ रजत पदक र १० कांस्य पदक जितेका हुन् ।

त्यसैगरी तृतिय स्थान हासिल गरेकाे नेरा मावि सन्ठीले २ स्वर्ण पदक, ७ रजत पदक र १२ कांस्य पदक जितेका हुन् । 

गाउँपालिका अन्तर्गतका २२ वटा प्राथमिक, आधारभुत र माध्यमिक विद्यालय सहभागि रहेकाे प्रतियाेगितामा लामाे र छाेटाे दुरीकाे दाैड, कबडी, हाइ जम्प, लंग जम्प, जैभलिङ थ्राे, स्वर्टपुट खेल भएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए । 

प्रतियाेगिताकाे विजेताहरुलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मेडल वितरण गर्नुकाे साथै पुरस्कृत समेत गरेका थिए

शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादवकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगिता समापन्न समाराेहमा  वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, लेखापाल सन्देश कुशवाहा, बलिष्टर अहमद लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.596 sec. Memory consumption:81.48 mb