Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026

दिब्य विकास स्राेत केन्द्रको १८ औं समाजिक लेखाजोखा सम्पन्न

spot_img
spot_img

वीरगंज । जिल्ला समन्वय समिती पर्साका प्रमुख निरन्जन साह सोनारले दिब्य बिवकास स्राेत केन्द्र पर्साको जति प्रशंसा गरे पनि कम हुने वताएका छन् । वीरगंजमा आयाेजित दिब्य विकास स्राेत केन्द्रको १८ औं समाजिक लेखाजोखा कार्यक्रममा बौल्दै उनले यस्ताे बताएका हुन् ।

प्रमुख साेनारले १४ वटा पालिकामा समन्वय समितीबाट काम हुँदा पनि पालिका प्रमुखहरुले जिल्ला समन्वय समितीको नामै नलिन चाहेकाे गुनासाे गरे । उनले जिल्ला समन्वय समितिले शिक्षाको सवालमा १४ वटा पालिकामा बजेट बिनियोजन गरेको बताए ।

उनले भने “अहिले पनि बहुदरमाई र पटेर्वा सुगौली गाउँपालिकाले कन्या माविको प्रस्ताव लिएर आउँछन् भने १ करोड बजेट दिने घोष्णा गर्दछुं ।”

पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले आफु आफ्नाे पालिकामा बजार ब्यवस्थापनको अवधारणा ल्याएको बताए । उनले डिडिआरसीले हाम्राे पालिकामा शिक्षाका लागी जनचेतना सहित धेरै काम गरेकाे बताए ।

कालोपत्र गरेर मात्र विकास नहुने वताउँदै अध्यक्ष चाैधरीले मानवी विकास गरे मात्र पालिका तथा देशको विकास हुने बताए ।

केयर नेपाल तथा बिभिन्न दातृ निकायबाट गरिएको क्रियाकलापको उपलब्धी, सिकाई, चुनौतीहरु प्रस्तुतीकरण कार्यक्रम संयोजक गणेश ठकुरीले गरेका थिए । कार्यक्रम बारे प्रस्तुती संस्थाका कार्यकारी निर्देशक रामाकान्त पटेलले गरेका थिए ।

लक्षित वर्गका महिला, युवा, बालबालिका, किशोरकिशोरीहरु, श्रमिकहरुले आफुलाई भएको उपलब्धीको बारेमा आफै बोलेर कार्यक्रममा सहभागिहरुलाई जानकारी गराएका थिए ।

युथ कल्बकी रिंकु साह, आमा समुहकी मालती देवी यादव, युवा क्लबका आलोक राम, किशोरी समुहकी सोनिया सिद्धी, आमा समुहकी नुरजहान खातुन, युवा क्लबका हृदेश साह तेली लगायतकाले आफु र समुदायमा भएका उपलब्धी बारे जानकारी गराएका थिए ।

दिव्य विकास स्राेत केन्द्रका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती पर्साका उपप्रमुख पुरन पटेल, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता चौधरी, स्वास्थ्य कार्याल पर्साका प्रमुख डा. मुक्तीनारायण साह, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायतकाले मन्तब्य राखेका थिए भने कार्यक्रमकाे संचालन संचारकर्मी सुर्यनारायण विक शुभचिन्तकले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा सडक विस्तार अभियान तीव्र, एक सातामै करिब ३ सय घर भत्काइयो

वीरगंज । वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तार अभियान तीव्र गतिमा अघि बढिरहेको छ । अभियान सुरु भएको एक सातामै करिब ३ सय घर तथा...

निजी घर निर्माणका लागि रेल्वे राेडमा दुई महिनादेखि बाटो बन्द, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य...

शिक्षाबाट कुनै पनि विद्यार्थी वञ्चित हुनुहुँदैन : कार्यवाहक नगर प्रमुख आलम

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख ईम्तियाज आलम ले निजी विद्यालय र अभिभावकबीच उत्पन्न हुने जुनसुकै समस्याको समाधानका लागि महानगरपालिका सदैव तयार रहेको बताएका...