Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जसपा नेपाल, पर्साद्वारा आन्दाेलन गर्ने चेतावनी

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले वीरगंज महानगरपालिकाकाे वडा नं. २२ जगरनाथपुरमा भएकाे धान बालीमा आगजनीकाे घटना सम्बन्धमा निष्पक्ष छानविन गरि दाेषी उपर कारवाहीकाे माग गरेकाे छ ।

जसपा नेपाले बिहिबार वीरगंजमा पत्रकार सम्मेन गरि जगरनाथपुरमा धानबालीमा भएको आगलागीको घटनामा संलग्न दोषी उपर प्रहरीले कारवाही नगरेको गुनासाे गरेकाे हाे । धान बालीमा आगजनी गरेकाहरुकाे विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिदा पनि प्रहरीले कारवाही नगरेकाे पत्रकार सम्मेलनमा सहभागि पिडितले गुनासाे गरे ।

नेपाल पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलनमा पीडित हरेन्द्र यादवले मंसिर ९ गते काटेर भित्र्याउन तयारी गरेको धानबालीमा राजनीतिक पूर्वाग्रहले प्रेरित व्यक्तिहरुले आगजनी गरेको दाबी गरे । घटनाबारे प्रहरीमा किटानी जाहेरी दिएको भए पनि अहिलेसम्म कारवाही नगरेको उनको गुनासो छ ।

उनका अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कार्यक्रममा अवरोध पुर्‍याउने उद्देश्यले धम्की दिइएको थियो । धम्की नमान्दा भित्र्याउन तयारी गरिएको २१० क्विन्टल धानमा आगजनी भएको हो । आगजनीबाट ७ लाख ९१ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको यादवले बताए ।

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले जिल्ला प्रहरी कार्यालयको काम कारवाहीले जसपा नेपाल सन्तुष्ट नरहेकाे वताए । उनले आठ महिना यता जिल्लाको शान्ती सुरक्षा अहिले सम्म कै खतम देखिएको वताए ।

उनले जिल्ला प्रहरी कार्यालयमा सत्तामा रहेका नेताहरुकाे कुरा मात्र सुनिने गरेकाे र उहाँहरुले भने अनुसारकाे मात्र काम हुने गरेका वास्तविक पिडितले न्याय नपाउने गरेकाे गुनासाे गरे ।

अध्यक्ष यादवले प्रहरीले दुई दिन भित्र जगरनाथपुर घटनाकाे दाेषी उपर कारवाही नगरे जसपा नेपालले आन्दाेलन गर्ने चेतावनी समेत दिए ।

पत्रकार सम्मेनमा जसपा नेपालका स्थानिय नेता मनाेज ठाकुर, कुमारबन्धु रुपाखेती, वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ता लगायतकाकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...