Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

जसपा नेपाल, पर्साद्वारा आन्दाेलन गर्ने चेतावनी

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले वीरगंज महानगरपालिकाकाे वडा नं. २२ जगरनाथपुरमा भएकाे धान बालीमा आगजनीकाे घटना सम्बन्धमा निष्पक्ष छानविन गरि दाेषी उपर कारवाहीकाे माग गरेकाे छ ।

जसपा नेपाले बिहिबार वीरगंजमा पत्रकार सम्मेन गरि जगरनाथपुरमा धानबालीमा भएको आगलागीको घटनामा संलग्न दोषी उपर प्रहरीले कारवाही नगरेको गुनासाे गरेकाे हाे । धान बालीमा आगजनी गरेकाहरुकाे विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिदा पनि प्रहरीले कारवाही नगरेकाे पत्रकार सम्मेलनमा सहभागि पिडितले गुनासाे गरे ।

नेपाल पत्रकार महासंघ पर्सामा आयोजित पत्रकार सम्मेलनमा पीडित हरेन्द्र यादवले मंसिर ९ गते काटेर भित्र्याउन तयारी गरेको धानबालीमा राजनीतिक पूर्वाग्रहले प्रेरित व्यक्तिहरुले आगजनी गरेको दाबी गरे । घटनाबारे प्रहरीमा किटानी जाहेरी दिएको भए पनि अहिलेसम्म कारवाही नगरेको उनको गुनासो छ ।

उनका अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कार्यक्रममा अवरोध पुर्‍याउने उद्देश्यले धम्की दिइएको थियो । धम्की नमान्दा भित्र्याउन तयारी गरिएको २१० क्विन्टल धानमा आगजनी भएको हो । आगजनीबाट ७ लाख ९१ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको यादवले बताए ।

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले जिल्ला प्रहरी कार्यालयको काम कारवाहीले जसपा नेपाल सन्तुष्ट नरहेकाे वताए । उनले आठ महिना यता जिल्लाको शान्ती सुरक्षा अहिले सम्म कै खतम देखिएको वताए ।

उनले जिल्ला प्रहरी कार्यालयमा सत्तामा रहेका नेताहरुकाे कुरा मात्र सुनिने गरेकाे र उहाँहरुले भने अनुसारकाे मात्र काम हुने गरेका वास्तविक पिडितले न्याय नपाउने गरेकाे गुनासाे गरे ।

अध्यक्ष यादवले प्रहरीले दुई दिन भित्र जगरनाथपुर घटनाकाे दाेषी उपर कारवाही नगरे जसपा नेपालले आन्दाेलन गर्ने चेतावनी समेत दिए ।

पत्रकार सम्मेनमा जसपा नेपालका स्थानिय नेता मनाेज ठाकुर, कुमारबन्धु रुपाखेती, वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्ता लगायतकाकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...