Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कांग्रेसले आगमी निर्वाचनमा गठबन्धन गर्दैन : डा. सशांक कोइराला

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. सशांक कोइरालाले कुनै पनि राजनितिक दलसँग आगमी निर्वाचनमा गठबन्धन नहुने बताएका छन् । जिराभवानी गाँउपालिका वडा नं. ३ स्थित बिवाह भवनमा नेपाली कांग्रेसको १०० दिने बिशेष अभियान कार्यक्रम तथा कार्यकर्ता भेलामा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

तर नेपाली कांग्रेसले निर्वाचन अगाडी नै गठबन्धन गरेको पार्टीका राम्रो नभएको कोइरालाले बताए । निर्वाचनपछि स्थायी सरकार बनाउन सकिने कोइरालाले बताए ।

नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थायी सरकार बनाउनका लागि एक भएर अगाडी बढ्न आवश्यक रहेको कोइरालाले बताए । तर निर्वाचनमा पार्टीबाट टिकट नपाउदा आफ्नै पार्टीका उम्मेदवार हराउन अरुलाई समर्थन गर्ने सोचाई गलत रहेको डा. कोइरालाले बताए ।

कार्यक्रम पूर्व उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेकपा एमालेसंग गठबन्धन गरी सरकार बनाउनुको मूख्य कारण संबिधान संसोधन रहेको बताए । संबिधान कतिपय यस्ता ऐन तथा कानून रहेका छन जसका कारण आमनागरिकलाई समस्या झेल्नु परेको रिजालले बताए ।

यो गठबन्धन सरकार स्थायित्व लागि मात्र रहेको र अगामी निर्वाचनमा नेकपा एमालेसंग सतर्क रहन कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेपाली कांग्रेस पर्साका सभापति तथा मधेश प्रदेश सरकारका भुमि, सहकारी तथा कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, नेता बशिष्ट नारायण कुर्मी, नविन सिंह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरीले गरेका थिए । भने, कार्यपालिका सदस्य सरोज चौरसियाले कार्यक्रम संचालन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...