Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने आरिफ र आशिफ नगदसहित सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वीरगंजका खेलाडीद्वय आरिफ शेख र आशिफ शेखलाई गृह नगर वीरगंजमा नगदसहित सम्मानित गरिएको छ ।

भर्खरै सम्पन्न  एनपीएल प्रतियोगितामा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आशिफ शेख र सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने आरिफ शेखलाई वीरगंज महानगरपालिका वडा नं. १० को कार्यालयले जनही नगद ५१ हजार रुपैयाँ र प्रशंसा पत्रद्वारा सम्मान गरेको हो ।

खेलाडीद्वयलाई नगदसहित सम्मानित गर्दै वडाध्यक्ष सुशील कुमार कानुले वीरगंजका छोराहरू आशिफ र आरिफले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै वीरगंजलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याएकोमा आफू गौरवान्वित भएको बताए ।

“म क्रिकेट खेलको ठूलो प्रशंसक हुँ, र आरिफ र आशिफले प्रदर्शन गरेको उत्कृष्ट खेल कौशलले मेरो मात्र होइन, सम्पूर्ण वीरगंजवासीको गर्वलाई थप बढाएको छ । भविष्यमा खेल र खेलाडीहरूको प्रोत्साहनका लागि मैले जे गर्न सकिन्छ, त्यो सबै गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” वडाध्यक्ष कानुले भने ।

सम्मान ग्रहण गर्दै जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले वीरगंजवासीले देखाएको माया र सम्मानले आफूलाई गहिरो प्रेरणा दिएको बताए । “हामी वीरगंजवासीप्रति सधैँ ऋणी छौँ । यस्ता सम्मानहरूले खेल र खेलाडीलाई थप प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । हामीले वीरगंज सँगै देशकै नामलाई उच्च बनाउन निरन्तर परिश्रम गरिरहेका छौँ,” आशिफले भने ।

त्यस्तै, आरिफ शेखले पनि सम्मानप्रति आभार प्रकट गर्दै आगामी दिनमा आफ्नो खेल कौशललाई अझ निखार्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वडा समितिका सदस्य, वडा सचिव, स्थानीय बासिन्दा, खेल प्रेमी, र वडा कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...