वीरगंज । वीरगंज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । महानगरको वडा नम्बर १४ मा कार्यालय सहयोगीको रुपमा कार्यरत जितेन्द्र कुमार कुर्मीको निधन भएकोले शोक बिदा दिएको वीरगंज महानगरपालिकाले जनाएको छ ।
शुक्रबार महानगर अन्तर्गतका कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएकाे प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए ।
कुर्मीको गएको १६ गते निधन भएको थियो । शुक्रबार तेर्हौं दिनको पुण्य तिथि पारेर महानगरले शोक बिदा दिएको हो ।महानगरले शुक्रबार ११ बजे शोकसभा समेत राखेको थियाे ।
प्रतिक्रिया लेख्नुहोस