29.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

सडक फोहोर गर्ने ग्लोबल आईएमई बैंकलाई ५ हजार जरिबाना

वीरगंज । वीरगंज महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्न थालेको छ । सडकका ठाउँठाउँमा खटिएका नगर प्रहरी र सफाईकर्मीले जथाभावी फोहोर फाल्नेलाई तत्कालै जरिबाना तिराउने गरेका छन् ।

सडकमा जथाभावी फोहोर फाल्नेमा यहाँका वित्तीय संस्था अघि देखिएका छन् । मंगलबार मात्रै ग्लोबल आईएमई बैंकलाई अहिलेसम्मकै धेरै ५ हजार रुपैयाँ जरिबाना तिराईएको छ । पुरानो बसपार्क नजिकै रहेको बैंकले सडकमा असरल्ल पारेर फोहोर फालेकाले जरिवाना गराइएको महानगरका सरसफाई तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए ।

यस्तै शिखर इन्स्योरेन्सलाई १ हजार ५ रुपैयाँ, महालक्ष्मी फ्लावर पसल र शंकर साह ज्वेलर्सलाई ५/५ सय रुपैयाँ जरिबाना गरिएको पनि संयोजक खेतानले बताए ।

फोहोरको प्रकृती र मात्राको आधारमा जरिबाना गर्ने गरिएको पनि उनले जानकारी दिए । पहिलो चरणमा सचेत अभियान चलाइएको भए पनि अटेर गरेर सडकमै फोहोर फाल्न नछाडेपछि अब जरिबाना गर्न लागिएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँ बताउँछन् ।

‘सडकमा जथाभावी फोहोर नफालौँ भनेर माइकिंग गर्नुका साथै संचारमाध्यमबाट प्रचार प्रसार पनि गरियो, स्थलगत रुपमै पनि सचेतना अभियान चलाईयो,’ उनले भने, ‘तर पनि अटेर गरेपछि बाध्य भएर जरिबाना तिराउन थालेका हौँ ।’

अहिले दैनिक जसो वित्तीय संस्था र पसललाई जरिवाना तिराइँदै आएको छ । हिजो साेमबार मात्रै कृषि विकास बैंक र गगन बचत तथा ऋण सहकारी संस्थालाई जरिबाना तिराइएको थियो । महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।

अहिले नगर हरियाली र सफा बनाई राख्न सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने कामका साथसाथै वृक्षारोपण गर्ने काम चलिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

लिटल बडी प्रिस्कुलमा अभिभावक रंगाेली प्रतियाेगिता सम्पन्न

कालिका टाईम्स

कृयाशिल यूवा पत्रकार मञ्चकाे कार्यक्रममा ५२ जनाद्वारा रक्तदान

कालिका टाईम्स

जसपा नेपालका पाँच निर्वाचित वडा सदस्यले गरे जसपा प्रवेश

कालिका टाईम्स
SQL requests:215. Generation time:2.637 sec. Memory consumption:81.47 mb