28.4 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

रेडियो वीरगंजले यस बर्ष पनि बार्षिकाेत्सवमा बृहत रक्तदान गर्ने

पूर्व सहकर्मी पत्रकार सर्राफका असामयिक निधनका कारण सांस्कृतिक कार्यक्रम नगर्ने

वीरगंज । मध्य तराईको पहिलो रेडियो ‘रेडियो वीरगंज ९९ मेघाहर्ज’ ले आफ्नो बार्षिकोत्सवको अवसरमा वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रेडियोले यही २६ गते २० औं वर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको अवसरमा मंसिर २४ गते रेडियो परिसरमै वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको रेडियोका कार्यकारी अध्यक्ष धु्रव साहले जानकारी दिए ।

बार्षिकोत्सवको अवसरमा आयोजना गरिने वृहत्त रक्तदान कार्यक्रममा सहभागी हुन रेडियो श्रोता, सुभचिन्तक एवं सञ्चारकर्मीहरुलाई अध्यक्ष साहले आग्रह समेत गरे । रेडियो वीरगंजले यस पटक सार्वजनिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै पूर्व सहकर्मी एवं सहयोगी पत्रकार स्व. नरेश सर्राफलको यही मंसिर १५ गते भएको असामयिक निधनको कारण वृहत्त साँस्कृत्तिक कार्यक्रम गर्ने योजना यस वर्षको लागि स्थगित गरिएको अध्यक्ष साहले जानकारी दिए ।

उनका अनुसार वीरगंजका क्रियाशील पत्रकार नरेश सर्राफ तथा मधेश मिडिया काउन्सिलका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सँस्थापक अध्यक्ष शिवहरि भट्राईको निधन भएकोले सञ्चार जगतमा ठुलो क्षति भएको कारण प्रत्येक वर्ष भव्यताका साथ गरिँदै आएको साँस्कृत्तिक कार्यक्रम स्थगित गरिएपनि आन्तरिक रुपमा अन्य कार्यक्रमको आयोजना गरि बार्षिकोत्सव भव्य रुपमा मनाउने तय गरिएको बताए ।

यसका साथै रेडियो वीरगंज र समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा यही मंसिर २५ गते विहान ८ बजे स्व. पत्रकार नरेश सर्राफको स्मृत्तिमा श्रद्धान्जलीसभाको समेत आयोजना गरिने अध्यक्ष साहले वताए । उनका अनुसार सर्राफले पर्सेली समाजप्रति पु¥याएको योगदानलाई कदर गर्दै उनले छाडेर गएका अधुरा कार्यहरुलाई पुरा गर्नुका साथै उनका परिवारलाई रेडियो वीरगंज एवं समाजवादी प्रेस संगठनको तर्फबाट केही आर्थिक सहयोग पनि हस्तान्तरण गरिने बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:6.701 sec. Memory consumption:82.47 mb