Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । गहुबाली भित्रियाएपछि खेतमा बाकी रहेका गहुका छवाली तथा ठुट्टा जलाउदा ग्रामीण भेगमा आगलागीको जोखिम बढेकाे छ । अहिले यस क्षेत्रका ८० प्रतिशत भन्दा बढि गहुबालीको कटानी भइसकेका छन भन्ने २० प्रतिशत गहु भित्रियाउन बाकी रहेकाे छ ।

गहु भित्रियाइ सकेका खेतमा रहेका गहुको छवाली र ठुट्टा दिनहु जलाईने काम भइरहेका छन । दैनिक जसो दर्जनौ बिघा जग्गामा रहेका छवाली ठुट्टामा जलाउन आगो बालिदै छन । चर्को घाम र पछिया हावाका कारण छवाली ठुट्टा पूर्णरुपले सुकेका कारण समान्य आगो बाल्दा आगो ठूलो रुममा दनदनी बल्न गरेका पाइएका छन । जसका कारण मानव बस्ती तथा अन्य बालीमा समेत आगलागी तथा क्षति हुने संभावना बढेका छन ।

सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा किसानहरुले हिजो दिउसो तिर छवाली ठुट्टामा लगाएका आगोको कारण भित्रियाउन बाकी रहेको गहुबालीमा आगलागी हुनै लागेका स्थानिय रामकिशोर चौधरीले बताए । आगलागी भएपछि स्थानीयले पालिकामा रहेका बारुण यन्त्रलाई फोन गरी बोलाएका र सो आगो निभाउन सफल भएको चौधरीले बताए ।

त्यस्तै सोमवारका दिन जगरनाथपुर गाँउपालिका वडा नं ३ मा गहुको ठुटा र छवाली जलाउनका लागि बालेको आगो सल्किएर जिराभवानी गाँउपालिका वडा नं. ३ जितपुरको खेतमा आएको स्थानीय राजेन्द्र महतोले बताए । करिब चार बिघा जमिनमा रहेको गहुबाली जोगाउन तत्काल हार्वेस्टर मेशिन लगाई सो बाली भित्रियाउन सकिएको महतोको भनाई रहेका छन ।

नया बर्ष मनाउन जंगलमा वनभोज खाइरहेको बेला खेतको फाटमा आगलागी भएको सूचना पाएसंगै बाली जोगाउन दुई वटा दमकल चलाउन तयारी अवस्था राखी गहुबाली भित्रियाएको महतोले बताए । जिराभवानी गाउपालिका वडा नं २ सेढवा निवासी बैद्यनाथ दास थारुले गाउभन्दा पश्चिमी क्षेत्रमा रहेका खेतमा लागेको आगो भिषण रुप लिई गाउको किनारासम्म आगो आएको बताए ।

हावाहुरी कम हुदै गरेका र गाउका करिब २०/२५ जना यूवाको समूहले आगो नियन्त्रण गरेको थारुले बताए । हावाहुरी चलेका समयमा आगोले ठूलो रुपलिदै सर्नै गरेका हुदा किसानले सतर्क भएर छवाली ठुट्टा जलाउनु पर्ने थारुले बताए ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले छवाली ठुट्टा जलाउने समान्य कुराले ठूलो दुर्घटना निम्त्याउन सक्ने बताए । हावाहुरी बढेसंगै आगलागीका जोखिम कम गर्न प्रहरीको सक्रियता बढाएको प्रनि थापाले बताए ।

किसानहरुमा जन चेतनाको कमी भएका कारण प्रहरी, जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहकार्यमा जनचेतना मूलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको प्रनि थापाले बताए । आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण प्रहरी यूनिटमा आगलागी सम्बन्धि नागरिकलाई सचेत गराउन र सधै सक्रिय रहन निर्देशन दिएका समुदायमा पनि आगलागीबाट सचेत रहन कुरा चलाउदै आएको प्रनि थापाले बताए ।

गहुको छवाली ठुट्टा सुकेका बेला जलाउन सकिने तर पानी परेपछि त्यसलाई जलाएर नष्ट पार्न निकै समस्या हुने हुदा अहिले सतर्कता अपनाउदै जलाउन जरुरी रहेका किसानहरुले जनाएका छन । गहुको भुस खेतमा रहेका समयमा नया बाली धान रोप्दा धानबालीमा निकै क्षति पुर्याउने गरेका किसानहरुको बुझाइ रहेका छन । अहिलेसम्म हर्दिनाथ १ जातको धानबाली रोपाई गर्न ढिलो भएका किसानहरुले गहुबाली ठुटा र छवाली जलाउन जरुरी रहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...