Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

spot_img
spot_img

वीरगञ्ज । आन्दोलनको क्रममा सञ्चारकर्मीहरू माथि आक्रमण र दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघले गहिरो ध्यानाकर्षण गराएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी मंगलबार साँझ सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै महासंघ पर्सा शाखाको नेतृत्वमा विभिन्न सञ्चार संगठनका प्रतिनिधिहरुले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका हुन्।

पत्रकार महासंघले घटनाको गम्भीर निन्दा गर्दै दोषीहरुमाथि कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग छलफल गर्दै सञ्चारकर्मीहरूले स्वतन्त्र प्रेसमाथि भएको आक्रमणप्रति गुनासो व्यक्त गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले संवेदनशील घटनाहरूको समाचार संकलनमा पत्रकारहरूले समेत संयम र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले निषेधाज्ञाको अवस्थाबारे जानकारी दिँदै प्रदर्शनकारीलाई हटाउने क्रममा सञ्चारकर्मीमाथि आक्रमण हुनु दुःखद भएको स्वीकार गरे । उनले यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रहरीले हालसम्म घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।

यसैबीच, शोभायात्राका क्रममा उत्पन्न विवाद समाधानका लागि स्थानीय प्रशासनले सरोकारवाला पक्षहरूसँग निरन्तर संवाद र छलफल गरिरहेको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले शान्ति र सद्भाव कायम राख्न सबैले सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझाउने टोलीमा पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनालसहित विभिन्न सञ्चार संगठनका प्रतिनिधिहरू सहभागी थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...