Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सामाजिक सदभाव र आपसी भाइचारा कायम राख्न ८ राजनीतिक दलकाे अपिल

spot_img
spot_img

वीरगंज । पर्साका राजनीतिक दलहरूले वीरगंजमा कुनै पनि पक्षलाइ धार्मिक र सामाजिक सदभाबमा खलल नपुर्‍याउन अपिल गरेका छन् । वीरगंजस्थित नेपाली काङ्ग्रेस पर्साकाे पार्टी कार्यालयमा बसेको सर्बदलिय बैठकले यस्ताे अपिल गरेको हो ।  

बैठकमा सहभागि दलहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै पर्सा जिल्लाको पछिल्लो समय विकसित सम्पुर्ण घटनाक्रमको बिषयमा गहल छलफल गर्दै आ आफ्ना भात्री सङठनहरुलाई सामाजिक र धार्मिक सदभाव खलबलिने अभिव्यक्ति नदिन पनि सजग गराउने भद्रसहमती भएको जनाएका छन् ।

बैठक सम्पन्न पछि नेपाली काङ्ग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, एमाले पर्साका अध्यक्ष डा. बिस्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्त, जसपा नेपाल पर्साका अध्यक्ष राम नरेश यादब, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगाेपाल थापा, जनमत पार्टी पर्साका संयाेजक ओमप्रकाश सरार्फ, जसपा पर्साका प्रतिनिधि तब्रेज अहमद र राप्रपाका पानालाल प्रसाद पटेलले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सदभाव र शान्तिका लागि सबै पक्ष संग अपिल गरेका हुन् ।

हनुमान जयन्तीको शोभा यात्रामा भएको घटनाबाट विगत केही दिनदेखि वीरगंज महानगरपालिका आसपासका क्षेत्रमा भईरहेको सामुदायिक विवाद, आपसी द्धन्द्ध र मनमुटाव प्रति बुधबार बसेको सर्वदलिय बैठकको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएका छन् । 

सुरुकै दिन देखि विभिन्न चरणमा विभिन्न समुदाय र स्थानिय प्रशासन संग निरन्तर राजनैतिक दल परस्पर सबै पक्ष संग सम्वादमा रहेको जनाउँदै ८ दलले अतः उपरान्त हाम्रो समुदायमा सदियौ देखि आपसी भाईचारा सामाजिक र धार्मिक सदभाव संग मिलेर बसेको हिसावले यसलाई खण्डित गर्ने अभिव्यक्ति, टिप्पणी कुनै पक्ष बाट हुनु हुँदैन जारी विज्ञप्तीमा उल्लेख गरेका छन् । 

साथै अब निरन्तर सर्बदलिय बैठक मार्फत जिल्लाका समस्या समाधानमा अघि बढ्ने सहमतीय समेत भएको बैठकमा सहभागि जसपाका प्रतिनिधि अहमदले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...