Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जिल्लाकाे शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासन असफल, वीरगंज फेरी असान्त बन्दै

spot_img
spot_img

वीरगंज । वीरगंज मंगलबार बेलुकी देखि फेर तनावग्रस्त बनेकाे छ । गत शनिबार हनुमान जन्माेत्सवकाे अवसरमा निकालिएको  शाेभायात्राका क्रममा भएको झडपकाे घटनामा संलग्न रहेकाे आराेपमा मंगलबार प्रहरीले दुई हिन्दु युवाहरुलाई पक्राउ गरेपछि उनिहरुकाे रिहाइको माग गर्दै हिन्दुवादीहरु प्रदर्शनमा उत्रिएपछि तनाव भएको हाे ।

ड्रोन क्यामरा, सामाजिक सञ्जालमा देखिएको भिडियोको आधारमा पहिचान खुलेका ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । वीरगंज महानगरपालिका वडा नंं. २ छपकैया निवासी सलाउद्दीन मियाँ ठकुराई, सोही ठाउँ बस्ने शेख खुर्सेद, बलजित सिंह र वीरगंज कै वडा नं. १६ नगवा निवासी रवि सर्राफलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

छपकैयाका सलाउद्दीन मियाँ र शेख खुर्सेदले शोभायात्रामा सहभागीमाथि ढुंगा प्रहर गरेको र रवि सरार्फ तथा बलदेव सिंह कुशवाहा मोटरसाइकल तोडफोड र विरयानी हाउस तोडफोडमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रकाे भनाई छ ।

पक्राउ परेकाहरु मध्ये सिंह र सर्राफकाे रिहाईकाे माग गर्दै हिन्दुबादी संगठनका नेता र कार्यकर्ताहरु मंगलबार सांझ जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी धर्ना दिएका थिए । जिल्ला प्रशासन कार्यालयमा आइतबार भएकाे सहमती विपरित हिन्दु युवाहरुलाई प्रहरीले पक्राउ गरेपछि आफुहरु विराेधमा उत्रेकाे हिन्दुवासी संगठनका नेताहरुले जनाएका छन् । पक्राउ परेका हिन्दु युवाहरुलाई विना शर्ता रिहा गर्नु पर्ने उनीहरुकाे माग रहेकाे छ ।

जिल्ला प्रहरी कार्यालय अगाडी धर्नामा बसेका प्रदर्नकारीहरुमाथि प्रहरीले लाठी चार्ज गरेपछि फेरी वीरगंज अशान्त बनेकाे हाे । त्यसक्रममा दुई जना सञ्चारकर्मी समेत घाइते भएका छन् । एभि न्युजका संवाददाता अर्जुन गुप्ता र टिभि वीरगंजका अनिल ओझा घाइते भएका हुन् । घाइते गुप्ताकाे टाउकाे फुटेकाे छ भने ओझाकाे खुट्टामा चाेट लागेकाे छ । उनिहरुकाे नारायणी अस्पतालमा उपचार गरिएकाे छ ।
 
जिल्ला प्रहरी कार्यालयकाे गेटबाट लखेटिएका हिन्दुवादीहरुले घण्टाघर, घडिअर्वा चाेक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गर्नुकाे साथै वीरगंज बजार बन्द गराएका थिए । साे क्रममा पनि प्रहरीले वीरगंजकाे घडिअर्वा क्षेत्रबाट पांच जनालाई पक्राउ गरेकाे छ । निषेधित क्षेत्र उल्लंघन गरेर प्रदर्शन गरेकाे कारण पक्राउ गरिएकाे प्रहरीकाे भनाई छ । 
 
जिल्ला सदरमुकाम वीरगंजकाे शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासन असफल देखिएकाे छ । वीरगंज फेरी अशान्त भएपछि जिल्लाका ३ संघिय मन्त्री र दुई प्रदेश मन्त्रीकाे समेत आलाेचना हुन थालेकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...